दाङ उद्योग वाणिज्य संघको निर्वाचन


दाङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असोज १३ गते मतदान हुँदैछ । जिल्लाको सबैभन्दा पुरानो उद्योग बाणिज्य संघमा करिब ३५ सय व्यवसायीहरु सदस्यको रुपमा रहेकाछन । २ गठबन्धन प्यानल खडा गरेर नेतृत्वका लागि चुनावमा होमिएका व्यवसायीहरु प्रचारको काममा व्यस्त रहेकाछन । बसन्त जोसी र रामप्रसाद पोखे्रलले २ प्रतिष्प्रर्धी प्यानलको नेतृत्व गरिरहेकाछन ।जोसी प्यानललाई कांग्रेस,माओवादी दलहरुको साथ रहेको भने पोख्रेल प्यानललाई एमाले,राप्रपा लगायतका दलहरुको समर्थन रहेको छ ।

जिल्लामा रहेका अन्य उद्योग बाणिज्य संघहरुको पनि नेतृत्वदायी भूमिकामा रहेको दाङ जिल्ला उद्योग बाणिज्य संघको चुनावलाई सबै क्षेत्रबाट चासोका साथ हेर्ने गरिन्छ ।
जिल्लामा नागरिकहरुको सहयोगी सामाजीक र विकास सहकार्य संस्थाको रुपमा स्थापित दाङ उद्योग बाणिज्य संघ मुलतः व्यवसायीहरुको हक, हित र अधिकारका लागि काम गर्ने साझा संस्था हो । सामाजीक क्षेत्रमा पनि क्रियासिल रहेको हुँदा यो उद्योग बाणिज्य संघ जिल्लाको एक महत्वपूर्ण निकायको रुपमा नागरिकहरुले स्वीकार्ने भएकाले यहाँ आउने नयाँ नेतृत्वका लागि हुने चुनावमा व्यवसायी बाहेक अन्य क्षेत्रका मान्छेहरुको पनि चासो र जिज्ञासा गरने गरेको छ । दाङको समग्र विकासमा उद्योग बाणिज्य संघले खेलेको भूमिका महत्वपूर्ण रहेको छ । यहाँको आर्थिक,सामाजीक लगायत अन्य विवादित विषयमा यो उद्योग वाणिज्य संघले तटस्थ रहि र समन्वयकारी भूमिका निर्वाह गर्ने गरेको भएपनि पछिल्ला दिनहरुमा यो संस्था राजनीतिक प्रभावबाट बढी चल्ने गरेको भन्ने आरोप लाग्ने गरेको छ । उद्योग बाणिज्य संघ व्यापार, व्यवसायीहरुको साझा संस्था भएकाले यसले व्यवसायको उन्नती, प्रगतिका लागि काम गर्नुपर्ने हुन्छ । चुनावमा जे जस्तो तरिकाले प्रतिष्प्रर्धामा उत्रिएपनि चुनावपछि साझा दायित्व र जिम्मेवारीलाई उद्योग बाणिज्य सघले भूल्नु हुँदैन । ंपछिल्लोचरण आर्थिक मन्दीका कारण उद्योगी,व्यापारीहरु पलायन भइराखेका वेला नयाँ आउने नेतृत्वले त्यसलाई रोक्ने व्यवस्थापनको योजना सहित कार्यभार सम्माल्नु पर्नेछ ।
उद्योग बाणिज्य संघ नागरिक संस्था पनि भएकाले यसले उपभोतmालाई उचित र एकरुपताको मूल्य निर्धारण गरी ठगि, कालोबजारी मंहगी जस्ता अनियमिततालाई नियन्त्रण गर्न सक्नु पर्दछ । रोजगारका लागि सानो व्यापार,व्यवसाय गर्नेहरुलाई प्रोत्साहन, सीप, दक्षताको विकास गराउने तालिमहरु संघले दिलाउनु पर्दछ । व्यवसायीहरु धरासायी बनिरहँदा उनीहरु ठूलो समस्यामा परिरहेको वेला कम्तिमा पनि करलाई सहुलियत बनाउन सक्ने कुुशल,सक्षम भएको सामाजीक जोज भएको नेतृत्व उद्योग बाणिज्य संघमा आउँन जरुरी छ । व्यवसायीहरुलाई राहत दिने निजी क्षेत्रको पहलकदमी वा दबाब अतिआवश्यक छ । यो संगै अन्य व्यवसायिक हकहित र व्यवसायिक सुरक्षाका सवालहरुमा जुध्न सक्ने सबल र सक्रिय अनि अन्य साझेदारी संघ, संस्थाहरुसँग समन्वय र साझेदारी गर्न सक्ने नेतृत्व आगामी निर्वाचनले चयन गर्न सफल रहोस हाम्रो शुभकामना ।