डिप्रेशनको संकेत ः कसरी चिन्ने र सुधार गर्ने ?

डिप्रेशन भनेको मानसिक अवस्था हो जसमा निराशा र अवसादको भावना
गहिरो रूपमा बस्न थाल्छ। यो चिन्ताको एक प्रकारको गहिरो रुप हो,जसले व्यक्तिको दैनिक जीवनमा ठूलो असर पुरयाउँछ । जब हामी डिप्रेशनको कुरा गर्छौं, त्यहाँ केही समयको उदासीलाई सामान्य मान्न सकिन्छ तर यदि निराशा र एक्लोपन यति गहिरो हुन्छ कि महीनौंसम्म पनि व्यक्तिको मानसिक अवस्था अस्वस्थ रहन्छ, तब त्यसलाई डिप्रेशनको रूपमा बुझ्न सकिन्छ।
डिप्रेशन अब केवल वयस्कहरूमा मात्र नभई आजको समयमा बच्चाहरूमा पनि बढ्दो समस्या बनेको छ । पहिले डिप्रेशनको लक्षणलाई लुकाइन्थ्यो तर अहिले मानिसहरू यस बारे खुल्ला रूपमा कुरा गर्न थालेका छन् । यद्यपि,डिप्रेशनले तुरुन्तै नकारात्मक असर नपार्ने र मानिसको जीवनलाई तत्काल क्षति नगर्ने भएपनि यसको दीर्घकालीन असर निकै गम्भीर हुन सक्छ । यदि समयमै उपचार नगरी यो गहिरो भएमा,ज्यान गुमाउनु पर्ने अवस्थासम्म पनि पुग्न सक्छ।
डिप्रेशनका कारणहरू
डिप्रेशन एकल कारणले मात्र उत्पन्न हुँदैन,यसको विभिन्न कारणहरू छन ः
वंशाणुगत प्रभाव ः
परिवारमा डिप्रेशनको इतिहास रहेको व्यक्तिहरूमा डिप्रेशनको सम्भावना बढी हुन्छ।
धेरै चिन्ता लिनुः अत्यधिक चिन्ता र मानसिक तनाव डिप्रेशनको प्रमुख कारण हुन सक्छ।
गम्भीर स्वास्थ्य समस्याहरूः दीर्घकालीन
रोग वा शारीरिक
कमजोरीले मानसिक स्वास्थ्यमा असर
पुरयाउँछ।
पारिवारिक कलहः
घरमा हुने झगडा र सम्बन्धमा तनावले मानसिक दबाब बढाउँछ।
कसैलाई गुमाउने पीडाः प्रियजनको मृत्यु वा गुमाइले गहिरो भावनात्मक चोट पुरयाउँछ।
अकस्मात दुर्घटनाः जीवनमा गम्भीर दुर्घटना वा अप्रत्याशित घटनाले मानसिक सन्तुलन गुमाउन सक्छ।
असफलताःआफूले चाहेको लक्ष्य पुरा गर्न नसक्नु,असफलताले
निराशा ल्याउन सक्छ।
महिलामा सुत्केरी र महिनावारीका
परिवर्तनहरूः महिलामा हार्मोनल परिवर्तनका
कारण पनि डिप्रेशनको लक्षण देखिन सक्छ।
डिप्रेशनका लक्षणहरूः
डिप्रेशनका लक्षण तुरुन्त देखिन नहुन सक्छ,तर समयसँगै केही सामान्य लक्षणहरू देखा पर्न सक्छः
निरन्तर चिन्ताः अनावश्यक चिन्ता र तनावको महसुस ।
नकारात्मक विचारः मानसिक रूपमा अशान्ति र नकरात्मक सोचको
बढोत्तरी।
शारीरिक दुखाइः टाउको दुख्नु, मांसपेशी दुख्नु आदि।
मुटुको धड्कन बढ्नुः तनावको कारण मुटुको धड्कन अनियन्त्रित हुनु।
खुशीको अभाव ः केहि कुरा वा गतिविधि गर्दा पनि खुशीको अनुभव नहुनु।
खाना र पाचन समस्याहरूः भोक नलाग्नु वा अत्यधिक खानाको इच्छा।
डर र त्रासः नक्कली डर वा भविष्यको अनिश्चिता प्रति अत्यधिक चिन्ता।
एक्लोपनः सामाजिक गतिविधिहरूबाट टाढा रहन मन पराउनु,एक्लै बस्न चाहनु।
ब्लड प्रेसर र श्वासप्रश्वासमा समस्याः शरीरको अन्य अंगहरूमा असर पर्नु ।
चिडचिडापनः कुनै पनि कुरा राम्रो नलाग्नु,सजिलै रिस उठ्नु।
काममा रुचि गुम्नुः दैनिक कामहरू गर्न मन नलाग्नु,कामबाट थाक्नु।
कम बोल्नुः मानिससँग कुरा गर्न वा आफूलाई व्यक्त गर्न मन नलाग्नु।
डिप्रेशन भएको कसरी थाहा पाउने ?
यदि तपाईंलाई निम्न लक्षणहरूको अनुभव
भइरहेको छ भने, डिप्रेशनको शंका गर्न सकिन्छः
– दैनिक जीवनमा कुनै चासो वा रुची नहुनु ।
– कुनै पनि गतिविधि गर्दा खुशी महसुस नहुनु।
– अत्यधिक थकान वा कम ऊर्जा महसुस गर्नु।
– निन्द्राको समस्या
(अत्यधिक निन्द्रा वा अनिन्द्रा)।
– शरीरमा शारीरिक समस्याहरू
(जस्तो कि पेट दुख्नु, टाउको दुख्नु)।
– भोकको समस्या, कुनै पनि खाने कुरामा चासो नलाग्नु।
– एक्लोपन र अन्य व्यक्तिहरूसँगको सम्बन्धमा दूरी बढ्नु ।
– आत्ममूल्यमा कमी, – आफूलाई नकारात्मक दृष्टिकोणले हेर्नु ।
– यदि आत्महत्या वा आत्महानिको विचार आउन थाल्छ भने यो अत्यन्त गम्भीर लक्षण हो र तुरुन्तै उपचारको आवश्यकता हुन्छ।
डिप्रेशन भएको अनुभव भए के गर्न सकिन्छ ?
यदि तपाईंलाई डिप्रेसनको लक्षणहरू देखिन थालेका छन भने यसलाई तुरुन्तै उपचारको उपायहरू अवलम्बन गर्नु पर्छ। यसका लागि केहि महत्वपूर्ण सुझावहरूः
मनोचिकित्सकसँग
परामर्शः डिप्रेशनको सही उपचारको लागि विशेषज्ञको सहारा लिनु महत्वपूर्ण छ।
ध्यान र योगः मानसिक शान्ति र तनाव कम गर्न ध्यान र योगका अभ्यासहरू लाभकारी हुन सक्छ।
शारीरिक व्यायामः नियमित व्यायामले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सक्छ।
सकारात्मक क्रियाकलापहरूः रमाइलो गतिविधिहरू, संगीत सुन्नु,मनमोहक पुस्तकहरू पढ्नु र
परिवारसँग समय बिताउनुले मुडमा सुधार ल्याउन सक्छ।
सामाजिक सहभागिताः सामाजिक कार्यमा भाग लिनु, साथीहरूसँग
कुराकानी गर्नुले मानसिक स्थिति सुधार्न मद्दत पुरयाउँछ।
रक्सी र धुमपानबाट बच्नुः यदि तपाईंसँग यो लत छ भने यसबाट बाहिर निस्कनको प्रयास गर्नु पर्छ।
डिप्रेशनका उपचारका प्रकार
डिप्रेशनका लागि मुख्यतः दुई प्रकारका उपचारहरू छनः
औषधि उपचारः डिप्रेशनको लक्षणलाई कम गर्न र मानसिक स्वास्थ्यमा सुधार ल्याउन विभिन्न औषधिहरू प्रयोग
गरिन्छ।
थेरापीः मनोचिकित्सकसँग
थेरापीको माध्यामबाट मानसिक अवस्था सुधार्न सहयोग पुरयाइन्छ।
ध्यान दिनुहोस् कि डिप्रेशनको उपचारको प्रक्रिया व्यक्तिको स्थिति र डिप्रेशनको प्रकार अनुसार फरक हुन सक्छ।
यदि आत्महत्या वा आत्महानीका विचार आएका छन भने तुरुन्तै अस्पतालमा भर्ना हुने वा आपतकालीन सहयोग प्राप्त गर्नु अत्यावश्यक छ।