भेँडाले सय किलो गाँजा खाएपछि…

काठमाण्डौं । ग्रिसमा भेँडाको एउटा बथानले घाँस सम्झिएर गाँजा खाएपछि यस्तो हर्कत देखायो कि सहरभरका मानिसहरु अचम्ममा परे । पछिल्लो समय ग्रिस भिषण बाढीबाट जुध्नु पर्यो । मानिसदेखि जनावरसम्म सबै उक्त बाढीबाट प्रभावित भए । खानका लागि ताजा घाँसको खोजीमा भौतारिरहेको भेँडाको एक झुण्ड औषधीका लागि गाँजाखेती गरिएको ग्रिनहाउस भित्र प्रवेश गर्यो ।भोकको झोँकमा टन्न गाँजाको बोट खाएपछि ती भेँडाले असामान्य व्यवहार देखाउन थाले । गाँजाखेतीमा भेँडाको बथानले आक्रमण
गरेपछि त्यसका मालिक रुनु न हाँस्नु भए ।भेडाले गाँजा खेतीमा गरेको लुटले गाँजा खेतीका मालिकलाई चिन्तित बनाएको छ ।भेँडाको सो हर्कतले आफू रुनु न हाँस्नुको अवस्थामा पुगेको उनले बताएका छन् ।
उनीले भने–गाँजा खाएपछि भेँडाको बथानमा असर देखियो । भेँडाहरु निकै खुसी देखिन्थे र मस्ती गरिरहेको जस्तो भान हुन्थ्यो । गाँजाको नसा लागेपछि भेँडाहरु उफ्रिरहेका थिए र अग्लो ठाउँबाट फाल हाल्दै थिए,जुन भेँडाको स्वभाव भन्दा विपरीत थियो ।