घोराही, प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री रेखा शर्मा जनताको खेतबारीमामै पुगेर सल्लाह सुझाव माग्नु भएको छ ।
निर्वाचन प्रचारप्रसारको क्रममा सल्लाह,सुझाव लिन तथा किसानको बालीनालीको अवस्था बुझ्न शर्मा धान काट्ने तथा दाउने ठाउँमा पुग्नु भएको हो । घोराही १७ पचुर्कामा पुगेर उहाँले किसानहरूको समस्याको बारेमा बुझ्नु भएको हो । पूर्वमन्त्री खेतमै आएर जनतासँग छलफल तथा अन्तक्र्रिया गरेपछि किसानहरू समेत खुसी भएका छन
पूर्वमन्त्रीज्यूले हाम्रा समस्याहरूको बारेमा जानकारी लिनु भएको छ,
‘हामीले हाम्रा सबै समस्याको बारेमा अवगत गराएका छौं, स्थानीय आइती चौधरीले भन्नुभयो, हामीलाई जनताको साथमा आउने यस्तै नेता चाहिएको हो’ ।
अर्का स्थानीय महेश चौधरीले यस पटकको निर्वाचनमा आफूहरूले रेखा शर्मा सहित गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने बताउनु भयो । उहाँले शर्मा निकै जनशैली भएकी र विकासप्रेमी नेता भएको बताउनु भयो ।
पूर्व मन्त्री शर्माले मुलुकको आर्थिक विकासको आधार कृषि भएको बताउनु भयो । कृषि उत्पादन बढाउन किसानलाई अनुदान, विमा, कृषि उपकरण उपलब्ध र बजारीकरणको जिम्मा राज्यले ल्याउनु पर्ने आवश्यकता औंल्याउनु भयो ।
जनताको खेतबारीमै पुगेर सुझाव माग्दै गठबन्धनका उम्मेदवार
ट्रेन्डिङ