गणतन्त्रमा गल्ती गर्ने जो कोेही कार्वाहीमा पर्छ ः– पूर्वमन्त्री शर्मा

घोराही ८ पुस, पूर्व संञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यसत्ता दुरुपयोग गर्ने छुट कसैलाई नभएको बताउनु भएको छ । घोराही–१२ हापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
वर्तमान सरकार घुस र भ्रष्टाचारमा लिप्त भएको बताउदै माओवादी स्थायी समिति सदस्य शर्माले जनताको चाहना विपरित सरकारले कार्य गर्दै आएको बताउनु भयो । पूर्वमन्त्री शर्माले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नभएको बताउँदै गल्ती गर्नेलाई कार्बाही हुने ब्यबस्था नै गणतान्त्रिक ब्यबस्था भएको धारणा राख्नुभयो । संबिधान भन्दा माथि कोही नहुने भन्दै माओवाद नेत्री शर्माले गल्ती गर्ने व्यक्ति ढिलो चाडो कानुनको दायरामा आउने बताउनु भयो ।
वर्तमान सरकारको वरिपरि सुशासनको सुई घुम्दा दुई दल एमाले र काड्ग्रेस बीच गठबन्धन भएको आंैल्याउदै प्रचण्ड नेत्रृत्वको सरकारनै सुशासनको पक्षमा काम गर्ने सरकारका रुपमा जनतामा स्थापित भएको बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी शर्माले स्थानीय तहको उपनिर्वाचनले माओवादीमा नयाँ उत्साह थपेको बताउनु भयो जनतामा माओवादीले केही गर्छ भन्ने विश्वास जागेको भन्दै १८ महिना सरकार चलाउदा जनतामा सुशासनको आभास दिलाएको प्रतिकृया दिनुभयो । कार्यक्रम बोल्ने मतदाता तथा कार्यकर्ताहरुले माओवादीमा जोस हराएको भन्दै अब उठ्न जरुरी भएको प्रतिकृया दिएका थिए ।
दाङ क्षेत्र नंं२ का प्रतिनिधी सभा सदस्य समेत रहुनु भएकी शर्मासँग घोराही– १२ मा देखिने योजनालाई प्राथमिकता दिन सांसद शर्मासँग माग गरेका यिए । त्यस्तै पार्टी जनता बीचको सम्बन्ध जोड्दै लैजानुपर्ने र रिहार,नारायणपुर,हापुर हुँदै होलेरी जोड्ने सडक बिस्तार गर्न माग राखेका थिए । यसैबिच मन्त्री शर्माले आजै घोराही १२ रहेको प्राथमिक विद्यालय गुर्जेको पनि अनुगमन पनि गर्नु भएको छ ।