तरकारी खेतीमा समर्पित वडाध्यक्ष खुसीराम चौधरी

पुस ४ तुलसीपुर, दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा अहिले गोलभेंडा र प्याजका बेर्ना उम्रिरहेका छन्। लामो समयदेखि तरकारी खेतीमा संलग्न चौधरीले जनप्रतिनिधि बन्ने पछि पनि आफ्नो परम्परागत पेशामा निरन्तरता दिएका छन्।
चौधरी भन्नुहुन्छ–‘तरकारी खेती हाम्रो पुरानो पेसा हो, म जनप्रतिनिधि भएपनि यसलाई छोड्न सक्दिन’। उहाँसँग २२ कठ्ठा जग्गामा गोलभेंडा, केराउ, प्याज, लसुन लगायतका तरकारी उत्पादन हुने छन्। विशेष गरी कचिलामा बेमौसमी तरकारीको खेतीमा उच्च उत्पादन हुने गर्दछ।
चौधरीले माघ महिनाको अन्त्यतिर सिमी,करेला,बोडी र भेडे खोर्सानी रोप्ने तयारी गरेका छन् । साउन महिनामा काँक्रा,सिमी र बोडी रोप्ने र असोजमा गोलभेडा र केराउको रोपाइँ गर्ने योजना बनाएका छन्।
उनको भनाइ छ, ूप्रायः जनप्रतिनिधिहरू खेतबारीमा काम गरेको देखिँदैन, तर म उत्पादनमा जोडिन चाहन्छु, ताकि अरूलाई पनि प्रेरणा मिलोस्।
तर, चौधरीले यहाँ उत्पादित तरकारीलाई बजारमा पुग्न कठिनाइ भइरहेको बताउनुभयो। भारतबाट आयातित तरकारीले स्थानीय उत्पादनसँग प्रतिस्पर्धा गरिरहेको छ र चिस्यान केन्द्रको अभावले यो समस्या अझ गम्भीर बनेको छ।
यद्यपि,शितलपुरमा हाटबजार आयोजनाको तयारी भइरहेको छ, जसले कचिला र अन्य आसपासका वडामा उत्पादित तरकारीको बजारीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। चौधरी आफ्नो तरकारी खेतीबाट वार्षिक चार लाखसम्म आम्दानी गर्दै आएका छन् र उनले राजनीति गर्ने व्यक्तिहरूलाई सक्रिय रहन र बस्न मात्र नपर्ने विचार व्यक्त गरेका छन्।