ओदानोमा भाडो बस्यो चुलो बल्या छैन
मनभरी माया जाग्यो कुरा खुल्या छैन
दाङ निवासी पत्रकार महासंघका निर्वतमान अध्यक्ष विपुल पोखे्रलको शब्द रचना रहेको गीत युवटुव मार्फत आज सार्वजनिक भएको छ । आफनै युवटुव मार्फत सार्वजनिक गरिएको गीतमा दाङकै कलाकार माधव अनुरागी,चौधरीले श्वर र संगीत दिएकाछन ।
गीतको छायाङ्कनमा जातीय विभेद्ले समाज र प्रेमजीवनमा पारेको प्रभाव बारे देखाइएको छ । राजनीतिक परिवर्तन पछि समाजमा रहेको विभेद् र असमानता हट्ने आशा राखेर गीतको बीचमा कुराकानीको भावबाट यो गीतको परिवेश २०६२,२०६३ अघिको देखाउन खोजे पनि विभेद् अहिले पनि रहिरहेको छ ।
पत्रकार पोख्रेल पछिल्लो समय गीत रचना कार्यमा सक्रिय रहदै आएकाछन । प्रस्तुत गीतका सबै कलाकार र परिवेश जिल्लाकै रहेको छ । गीतमा पोख्रेल आफैले पनि अभिनय गरेकाछन ।
