माओवादी केन्द्र घोराहीको अधिवेशनबाट अध्यक्षमा चौधरी सर्वसम्वत

१४ माघ,घोराही, नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटिको अध्यक्षमा खिमबहादुर चौधरी, अटल सर्वसम्वत निर्वाचित हुनुभएको छ। गत शनिवार माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गरेको नगरको तेस्रो अधिवेशनको बन्द शत्रले चौधरीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा मने बिश्वकर्मा, दिलकुमारी बुढा र शक्तिराम डाँगी,सचिव बसन्त चौधरी,सहसचिव रेवन्ता पुन र कोषाध्यक्ष सुमन रोका रोका निर्वाचित हुनुभएको छ ।
दुई दिनसम्म चलेको बन्द सत्रबाट चौधरीको नेतृत्वमा ६८ सदस्यीय नगर समिति सर्वसम्मत भएको हो । दश प्रतिशत मनोनित गर्ने विधानको प्राबधानअनुसार समितिको बैठकले ७ सदस्य मनोनित गरेर ७५ सदस्यीय कार्य समितिलाई पूर्णता दिने छ।