झापाबाट माओवादीको तराई–मधेस जागरण अभियान शुरु

झापा, नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ । आज झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष प्रचण्डले अभियानको उद्घाटन गर्नु भएको थियो । पार्टीलाई स्थानीयस्तरसम्म जोड्न,जनता र पार्टी नेतृत्व बीच सम्बन्ध स्थापित गर्न तथा जनताबाट सुझाव संकलन गर्न भन्दै माओवादीले अभियान संन्चालन गर्न लागेको हो। अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने बताइएको छ । उतm अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारी सहित सम्बन्धित प्रदेश,जिल्ला र पालिकाका सम्पूर्ण नेता,कार्यकर्ता परिचालित हुने बताइएको छ । केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने बताइएको छ ।
अभियानको स्वरूप जनसभा,चोकसभा,अन्तरक्रिया, जनभेटघाट,साँस्कृतिक कार्यक्रम आदि हुने बताइएको छ । यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुने बताइएको छ । एक जिल्लामा एक दिनको कार्यक्रम हुने गरी निम्नानुसारको जिल्ला र समय विभाजन गरिएको छ ः
प्रदेश नं– १
झापा– फागुन –१२ गते
मोरङ– फागुन १३ गते
(फागुन–१४ गते शिवरात्री)
सुनसरी–१५ गते
मधेश प्रदेश
सप्तरी– फागुन १६ गते
सिराहा– फागुन १७ गते
धनुषा– फागुन १८ गते
महोत्तरी– फागुन १९ गते
फागुन – २० गते बिश्राम
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते
बागमती प्रदेश
चितवन– फागुन– २५ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते रुपन्देही– फागुन २८ गते
कपिलवस्तु– चैत्र २ गते
दाङ– चैत्र ३ गते
बाँके– चैत्र ४ गते
बर्दिया– चैत्र ५ गते
सुदूरपश्चिम प्रदेश
कैलाली–चैत्र ६ गते
चैत्र ७ गते कञ्चनपुर पुगेर समापन ।