नारायणपुर, घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरास्थित गणपति भेनियर तथा सांग्रिला प्लाई उद्योगमा भएको आगलागीप्रति नारायणपुर उद्योग वाणिज्य संघले दुःख प्रकट गरेको छ । आज सोमबार एक विज्ञप्ति जारी गर्दै संघले दुःख प्रकट गरेको हो । संघका अध्यक्ष अनिलकुमार बस्नेत र महासचिव जागेश्वर डाँगी, विष्णुले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायलाई उचित क्षतिपूर्ति व्यवस्थापनका लागि समेत अनुरोध गरेका छन् ।
नारायणपुर उद्योग वाणिज्य संघका साधारण सदस्य तथा घोराही उपमहानगरपालिका वडा नम्बर ९ का उद्योगपति गेहेन्द्र बस्नेत र जितेन्द्र बस्नेतद्वारा सोही वडामा सञ्चालित गणपति भेनियर तथा साङ्ग्रिला प्लाई उद्योगमा आज मिति २०८१ र १0 र ११ गते राति करिब १ बजेतिरबाट भीषण आगलागी भई त्यहाँ रहेका सामान, मेसिन लगायत सम्पूर्ण धनमाल पूर्णरुपले नष्ट हुन गएको घटना प्रति नारायणपुर उद्योग वाणिज्य संघ परिवार अत्यन्तै दुःख प्रकट गर्दछ । साथै उक्त घटना प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै उचित क्षतिपूर्ति व्यवस्थाको लागि अनुरोध गर्दछौं ।
जारी विज्ञप्तिमा उल्लेख छ । सोमबार राति १ बजे दाङको खैरास्थित गणपति भेनियर तथा साङ्ग्रिला प्लाई उद्योगमा विद्युत् सर्ट हुँदा आगलागी भएको छ । आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।