विभागहरुलाई सक्रिय बनाउदैं दाङ माओवादी

दाङ, नेकपा माओवादी केन्द्र दाङ जिल्ला समन्वय समितिले पार्टी कामलाई व्यवस्थित र चुस्त बनाउन विभागहरुलाई सक्रिय बनाउने भएको छ । पार्टीलाई गतिसिल बनाउदैं जनताका काम र गुनासाहरुलाई सम्वोधन गर्ने गरी विभागिय कामबाट अघि बढ्न खोजिएको जिल्ला इन्चार्ज निर्मल आचार्य जानकारी दिनुभयो ।
प्रत्येक विभागको नेतृत्व प्रदेश कमिटीका सदस्यले गर्ने गरी स्कूलिङ विभाग,संगठन विभाग,प्रचार प्रकाशन विभाग,प्रशासन न्याय विभाग,मानव अधिकार विभाग,स्थानीय तह व्यवस्था विभाग, उद्योग तथा उत्पादन विभाग,सहकारी विभाग,वनतथा वातावरण उपभोतmा महासंघ विभाग,प्रतिष्ठान समन्वय विभाग,भूमि व्यवस्था विभाग,खानेपानी, पर्यटन स्वास्थ्य, नीति अनुसन्धान, विद्यालय व्यवस्थापन लगायतका डेढ दर्जन बढि विभाग गठन गर्ने तयारी भएको जिल्ला इन्चार्ज आचार्य जानकारी दिनुभयो।
बुधबार बस्ने जिल्ला समन्वय समितिको बैठकले विभागहरुलाई पूर्णता दिनुका साथै माओवादी केन्द्र टोलसम्म पुग्ने गरी १ महिने अभियानको संन्चालनको योजना निर्माण गर्ने जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।