३१ बैशाख,घोराही नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनको तयारी पुरा भएको छ । भोली जेठ १ र २ गते दाङको घोराहीमा हुने सम्मेलनको तयारी पुरा भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । कमिटीका प्रदेश अध्यक्ष मुकेश थापाको अध्यक्षता एवं वाईसीएल नेपालका केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज मिना चदराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भोलीदेखि सुरु हुने सम्मेलनको बारमा जानकारी गराईएको हो ।
दुई दिनसम्म संचालन हुने सम्मेलनको भोली पहिलो दिन घोराहीको ट्राफिक चोकबाट र्याली सुरु गरेर दाङ उद्योग वाणिज्य संघको सभाहलमा पुगी सभामा परिणत हुने छ । प्रदेशका १२ वटै जिल्लाबाट गरी २७८ जना प्रतिनिधिको सहभागीता रहेने प्रदेश अध्यक्ष खड्काले बताउनु भयो । उहाँका अनुसार दोस्रो सम्मेलनले ९१ जनाको प्रदेश कमिटी चयन गर्ने छ ।
त्यसैगरी,सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल‘बलदेब’ ले गर्नुहुने छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि चदराले दोस्रो सम्मेलनबाट जुझारु टिमबन्ने बताउनुभयो ।उहाँले माओवादी केन्द्र र वाईसीएल नेपालले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले वाईसीएल नेपालको राष्ट्रिय सम्मेलनले युवाहरुको मुद्दा सम्बोधन गर्न दवाब सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । अबको दश वर्षलाई विकास, समृद्धि र रोजगारीको वर्ष बनाउनु पर्छ भन्ने वाईसीएल नेपालको धारणा रहेको र दोस्रो प्रदेश सम्मेलन पनि त्यसै अनुकूल अगाडि जाने उहाँले बताउनुभयो।
सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल,वाईसिएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ लगाएतका नेताहरुको पनि सहभागीत रहने प्रदेश अध्यक्ष खड्काले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण वाईसीएलका नेता अनिल सेर्पालीले गर्नुभएको थियो ।