घोराही १० मा माओवादी केन्द्रको अभियानात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

खेमराज न्यौपाने
नारायणपुर दाङ, नेकपा (माओवादी)केन्द्र घोराही उपमहानगरको १० नं.वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । माओवादी केन्द्रले संन्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानको प्रशिक्षण कार्यक्रम पार्टीका २ नं.निर्वाचन क्षेत्रका इन्चार्ज तथा प्रदेश कमिटीका सचिवालय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
अभियानात्मक प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि अजयदीप शर्माले माओवादी पार्टी जनतामा जरा फैलाउदैं सुदृढ र बलियो पार्टी बनिरहेकोले संगठन विस्तारको अभियानले शसतm बनाएर लैजाने बताउनु भयो । माओवादी पार्टी आधारभूत वर्गको नेतृत्व गर्ने पार्टी भएकाले जनताका समस्या विचौलिया वर्गको प्रतिनिधित्व गर्ने पार्टीले नभई माओवादीले मात्र समाधान गर्न सक्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो–‘जनताको शक्तिबिना संगठन मजबुत हुन सक्दैन, संगठन विस्तार भनेको जनतासँग संवाद बढाउने र उनीहरुको समस्यासँगै उभिने र परिवर्तनको पक्षमा गोलबद्ध गर्ने अभियान हो’। प्रशिक्षण कार्यक्रमका विशिष्ट अतिथि नगर अध्यक्ष अटल चौधरीले संगठनलाई जनतासँग जोड्न स्थानीय स्तरका मुद्दामा प्रत्यक्ष जोडिएर अभियानलाई प्रभावशाली बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,–‘अब हामी भाषणबाट भन्दा व्यवहारबाट जनतासँग जोडिनुपर्छ। स्थानीय समस्या समाधानमा अग्रसर भएर मात्रै हामी जनताको पार्टी भनेर चिनिन सक्छौं’।
प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्य शुसीला शर्मा सहित वडाका सबै पार्टी सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा वडाका इन्चार्ज बुद्धि चौधरी, सह–इन्चार्ज विष्णु भण्डारी शिक्षक महासंघका केन्द्रिय उपमहासचिव गणेश रिजाल,हुकुम बुढाथोकी लगायतले रिपोर्ट सहितको प्रशिक्षनात्मक मन्तव्य राख्नु भएको थियो ।वडाका उपाध्यक्ष उत्तम नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको प्रशिक्षण कार्यक्रमको अध्यक्ष कमला पुनले गर्नु भएको थियो भने संन्चालन वडा सचिव हरि डिसीले गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता घोराही १०का कमला मल्लले गर्नु भयो। सचिव हरी डिसीले कार्यक्रमको सहजिकरण गरेका गर्नु भएको थियो ।