पेटलाई सफा र स्वस्थ राख्न खानुपर्ने यी फलफूल

धेरैजसो मानिसहरू शरीरको हेरचाह त गर्छन्,तर पेटको स्वास्थ्य प्रति भने बेवास्ता गर्छन् ।बाहिरको खाना खाने बानी, खाने निश्चित समय नहुनु जस्ता कारणले गर्दा पेटमा गडबडी आउँछ ।
तर केही सरल,स्वादिलो र प्राकृतिक फलहरूले तपाईंको पाचन शक्ति सुधार्न सक्छन्। आउनुहोस, जानौं ती सुपरफ्रुट्स कुन–कुन हुन् र कसरी यी फलहरूले पेटलाई सधैं हल्का र फ्रेश राख्छन्।
मेवा ः मेवामा ‘पपेन’ नामक एन्जाइम हुन्छ, जसले पाचन प्रक्रियामा सहयोग पु¥याउँछ । बिहान खाली पेट मेवा खानुलाई पेट सफा राख्न निकै उपयोगी मानिन्छ। यसमा प्रशस्त फाइबर हुन्छ,जसले कब्जियतबाट राहत दिन्छ र पेटलाई हल्का राख्छ ।
२. केरा ः केरा स्वादिलो मात्रै होइन,पाचनका लागि पनि निकै लाभदायक हुन्छ
यदि तपाईंलाई बारम्बार ग्यास वा अम्लता
(एसिडिटी)को समस्या हुन्छ भने दिनमा एक–दुई वटा केरा अवश्य खानुहोस्। यसले छिट्टै भोक मेटाउँछ र लामो समयसम्म ऊर्जा प्रदान गर्छ ।
३. स्याउ ः स्याउमा घुलनशील फाइबर पाइन्छ,जसले पाचनमा सहायता गर्छ र पेटमा
रहेका राम्रो ब्याक्टेरियाहरूको वृद्धि गर्छ । यसले पेट सफा राख्छ र डाइजेस्टिभ सिस्टमलाई ठीक अवस्थामा राख्छ ।
४. अनार ः अनारमा पाइने एन्टिअक्सिडेन्ट र फाइबरले पेटको समस्या कम गर्छ । साथै,यसले शरीरमा ऊर्जा पनि बढाउँछ। अनारको दाना बिहान नास्तामा वा दहीमा मिसाएर खानु लाभदायक हुन्छ ।
५. अम्बा ः अम्बामा यति धेरै फाइबर हुन्छ कि यसले पाचन प्रणालीलाई सक्रिय बनाउँछ र कब्जियको समस्या हटाउँछ। काला नुन वा सामान्य नुनसँग मिसाएर खाँदा यसको स्वाद झनै बढ्छ ।
६. तरबुजा ः गर्मीमा पेटलाई चिसो चाहिन्छ? तरबुजा भन्दा उपयुक्त केही हुँदैन । यसमा ९० प्रतिशत भन्दा बढी पानी हुन्छ,जसले शरीरलाई हाइड्रेट राख्छ र विषाक्त पदार्थ (टक्सिन) बाहिर निकाल्न मद्दत गर्छ । यो पेटलाई चिसो बनाउँछ र ग्यास वा जलनबाट छुटकारा दिन्छ ।