विभेद् विरुद्धको संघर्ष अझै बाँकी छ ः शर्मा

गिरिराज नेपाली,घोराही, प्रतिनिधि सभा सदस्य तथा पूर्व संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लैंगिक रुपमा विभेदको शिकारमा परेका महिलाहरुको व्यवस्था अनुुरुप अवस्था फेर्न अझै बाँकी रहेको बताउनुु भएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङले मंगलबार आयोजना गरेको गणतन्त्रमा महिला विषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री शर्माले यस्तो बताउनुु भएको हो।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङका अध्यक्ष दिलकुमारी बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले गणतन्त्रान्त्रिक व्यवस्थामा महिलाहरुले अधिकार प्राप्त गरे पनि व्यवस्था अनुुरुपको अवस्था फेरिन नसक्दा महिलाहरु अझै विभेद्को शिकारमा परिरहेको उहाँको भनाई थियो। उहाँले भन्नुुभयो–गणतन्त्रको उपहार महिला समावेशिता र
समाुनपातिक समावेशिताको अधिकार हो। जुुन मुुलुक परिवर्तन को एक सुन्दर फूलका रुपमा चित्रित छ। ’तर उक्त उपहारको सही उपयोग र प्रयोगको अभ्यासको अभावका कारण महिला,दलित र सिमान्तकृत समुदायले परिवर्तनको पूर्ण अनुुभूत गर्न अझै नसकेकोउहाँको भनाई छ।

संविधानले समावेशिता सहितको समान सहभागिता र समानुुपातिक प्रतिनिधित्व पूर्ण अधिकारको व्यवस्था गरे पनि त्यसको सही उपयोग हुुन नसक्दा अझै महिला माथि विभेद्को मुर्त अमूर्त विभेद हुने गरेको बताउनुु भयो । उहाँले थप्नुुभयो–‘समानुुपातिक समावेशितामा आधारमा हेर्ने हो भन्ने त्यो पूर्ण ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्वको अभाव अझै देखिने गर्दछ ।’ जसका कारण वर्गिय, जातिय र लैगिक अधिकारको संघर्षकोे लडाई समाजमा अझै जीवित छ । गणतन्त्रले प्रदत्त गरेको अधिकार र उपलब्धी रक्षा गर्दै अधिकार पूर्ण अनुुभूत गर्न र गराउने गरी महिला संघर्ष बाँकी रहेको उहाँको आशय थियो । ‘महिला अधिकार प्राप्ति गरे पनि उपभोगको अभाव अझै छ ।’ महिला माथि हुने सबै हिंसा अन्त्यका लागि र अधिकार प्राप्तिका सबै आन्दोलन र युद्धका लागि महिला एकताको अभाव खट्किएकाले महिला अधिकार कार्यान्वयनको पाटो छुुट्दै गइरहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले मुलुक परिवर्तनमा महिलाहरुले ठूलो योगदान पुु¥याएको चर्चा गर्नुुभयो। पञ्चायत देखि गणतन्त्र स्थापनासम्म महिलाहरु सडकदेखि सदन चौतर्फी रुपमा बलियो संघर्ष सहितको उपस्थिति जर्वजस्त देखापरेको भनाई उहाँले राख्नुुभयो। उहाँले भन्नुु भयो–‘अधिकारका लागि घर,गृहस्थीको काम सकेर पनि आन्दोलन र संघर्षमा महिलाहरु तलिन छौं। जहाँ अधिकार प्राप्तिको आन्दोलन थियो । तर उपयोगको कुरामा महिला अझै पछि परिरहेका छन्।’ महिलाहरुको अधिकार लागि लड्रदै आइरहे पनि पुरुष प्रधान समाजको हाम्रो सामाजिक आवरण फेर्न नसक्दा अधिकार कार्यन्वयनको भन्दा पनि कुण्ठित पार्ने काम महिला माथि हुने गरेको घोराही उपमहानगरपालिका उपप्रमुख हुुमा डिसीको भनाई राख्नुुभएको थियो। कार्यक्रममा संविधान सभा सदस्य शुुष्मा शर्मा घिमिरले महिला अधिकार आवाजमा सीमित नभई व्यवहारमा पूर्ण कार्यन्वयनको हुनुुपर्नेमा जोड दिनुुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्झना सीले लैगिक विभेद् अन्त्यका लागि एकताबद्ध संघर्ष आवश्यक रहेको कुरा औल्याउनुु भयो। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लुम्विनी प्रदेशको अध्यक्ष पुनम शेर्पालीको विषय प्रवेशबाट सुुरु भएको कार्यक्रममा प्रेस सेन्टर नेपालकी उप–महासचिव लक्ष्मी आचार्यले कार्यपत्र प्रस्तुुत गर्नुु भएको थियो भने कार्यक्रमको सहजीकरण रेवन्ता पुनले गर्नुु भएको थियो ।