मिडिया ट्रायलको राजनीतिक प्रयोग

– निर्मल आचार्य
आजकल मिडिया ट्रायल शब्द खुब प्रचलनमा छ । आखिर के हो मिडिया ट्रायल ? मिडिया ट्रायल भन्नाले कुनै कानुनी मुद्दा अदालतमा चलिरहेको अवस्थामा मिडियाले दोषी वा निर्दोष भनि निर्णय गर्ने प्रक्रिया हो। यसले जनमतलाई प्रभाव पार्छ र कहिलेकाहीं अदालतको निष्पक्षतामा असर गर्न सक्छ।
राजनीतिमा पनि मिडिया ट्रायल धेरै प्रयोग हुन्छ। कुनै नेता वा पार्टीमाथि आरोप लागेपछि मुद्दा आन्तरिक अदालत (बैठक,सम्मेलन वा महाधिवेशन) मा पुग्न नपाउँदै मिडियाले दोषी वा निर्दोष ठहर गर्न थाल्छ। यसले जनता र कार्यकर्ताको धारणा बनाउन सक्छ, जसले चुनावी परिणाम वा सार्वजनिक समर्थनमा सिधा असर पार्न सक्छ। कतिपय अवस्थामा यो राजनीतिक बदला वा प्रचारको हतियार पनि बन्न सक्छ। केही उदाहरण हेरौं ।
१. जुलियन असान्ज ९ध्ष्पष्ीभबपक ीभबप ऋबकभ०–२०१० देखि हालसम्म पनि चर्चामा छ । असान्जले अमेरिकी कूटनीतिक र युद्धसम्बन्धी गोप्य कागजातहरू ध्ष्पष्ीभबपक मार्फत सार्वजनिक गरे। उनलाई राष्ट्रघाती वा सत्यको लडाकु भनेर विभाजित ढंगमा मिडियाले चित्रण ग¥यो ।
२. हिलारी क्लिन्टन– भ्mबष्क्भिचखभच ऋयलतचयखभचकथ – २०१५ देखि २०१६ सम्म निकै नै चर्चामा रहयो । उनले निजी इमेल सर्भर प्रयोग गरेर सरकारी गोप्य इमेलहरू पठाएको खुलासा भयो । विशेषगरी २०१६ को राष्ट्रपति चुनाव अघि मिडियाले विषयलाई अत्यन्तै बढाइचढाइ गरेर प्रस्तुत ग¥यो ।
३. डोनाल्ड ट्रम्प– रूस संलग्नता अनुसन्धान ९च्गककष्ब क्ष्लखभकतष्नबतष्यल० –२०१६ देखि २०१९सम्म निकै नै चर्चामा रहयो ।ट्रम्पको चुनावी टोलिले रूससँग साँठगाँठ गरेको आशंकामा अनुसन्धान भयो । कतिपय मिडियाले अनुसन्धानको निष्कर्ष आउनु अघि नै ट्रम्पलाई दोषी वा षड्यन्त्रकारी भनेर प्रस्तुत ग¥यो ।
४. लूला दा सिल्भा –इउभचबतष्यल ऋबच ध्बकज ९द्यचबशष्०ि –यो घटना ब्राजिलमा २०१४ देखि २०२१ सम्म खूब चर्चामा रहयो। ब्राजिलको ठूला भ्रष्टाचार अनुसन्धानमा पूर्व राष्ट्रपति लूला दोषी ठहरिए। मुद्दा अदालतमा पुग्नुअघि नै मिडियाले उनलाई “भ्रष्ट नेता” को रूपमा चित्रण ग¥यो । तर घटनाले नयाँ रुप तब लियो जब २०२१ मा ब्राजिलको सर्वोच्च अदालतले निर्णय उल्टायो ।
यी सबै घटनामा अदालतको अन्तिम निर्णय आउनुअघि नै मिडियाले सार्वजनिक धारणा बनाउने काम ग¥यो,जसलाई नै मिडिया ट्रायल भनिन्छ ।
छिमेकी देश भारतमा पनि मिडिया ट्रायल धेरै चर्चित र विवादास्पद बनिरहेका छन् ।
१. आरुषी तलवार हत्या काण्ड– भारतमा यो घट्नाले २००८ मा तहल्का नै मच्चाउन सफल भयो । १४ वर्षीया आरुषी तलवारको हत्या भएपछि उनका बाबुआमा (डाक्टरहरू) माथि शंका गरियो । अदालतले दोषी ठहर गर्नुअघि नै मिडियाले बाबुआमालाई दोषी बनाए जस्तो प्रस्तुत ग¥यो । तर सन २०१७ मा अदालतले उनीहरू निर्दोष भएको ठहर ग¥यो ।
२. सुशान्त सिंह राजपुत मृत्यु प्रकरण– यो घटनाले बलिउड सहित सिङो सिने जगत तरङ्गित बनायो । सन २०२० मा बलिउड अभिनेता सुशान्तको आत्महत्या प्रकरणमा रिया चक्रवर्ती माथि लागेका आरोप । रियालाई मिडियाले हत्या गरिन‘वाड्रग माफिया’ भनेर देखायो जबकि कुनै अदालतको फैसला भइसकेको थिएन । पछि अदालतले गम्भीर आरोप पुष्टि नहुने देखायो ।
३. आर्यन खान ड्रगकेस (अभिनेता शाहरुख खानको छोरा– २०२१ मा एउटा ड्रग पार्टीमा पक्राउ परेपछि मिडियाले आर्यनलाई अपराधीको रूपमा चित्रण ग¥यो । पछि अदालतले सबूत नपाएको भन्दै उनलाई निर्दोष ठहर ग¥यो ।
यी सबै घटनामा देखिन्छ कि भारतमा पनि मिडिया ट्रायलले मानिसहरूको सामाजिक छवि,मानसिक अवस्था र कानुनी प्रक्रियामा असर पार्ने जोखिम पु¥याएको छ ।
नेपालमा पनि पछिल्लो केही वर्षयता मिडिया ट्रायलको प्रभाव उल्लेखनीय रूपमा देखिएको छ । अदालतले निर्णय नगरेका मुद्दाहरूमा मिडियाले सार्वजनिक धारणा निर्माण गर्ने काम गरेको छ । केही चर्चित उदाहरणहरू मिति सहित यस्ता रहेकाछन ।
१. भीम आचार्य बनाम सञ्चारकर्मी प्रकरण– २०२१ मा एउटा घटना सार्वजनिक भयो जसमा पूर्व मुख्यमन्त्री भीम आचार्यले पत्रकार माथि हातपात गरेको भनिएको थियो । मुद्दा अदालतमा नपुगे पनि मिडियाले उनलाई गैरजिम्मेवार नेताका रूपमा चित्रण ग¥यो । कानुनी निष्कर्ष नभएपनि सामाजिक छविमा असर पर्यो ।
२.रवि लामिछाने– राहदानी र नागरिकता विवाद– २०२३ मा रवि लामिछाने र आफ्नो पार्टी रास्वपाले नेपाली राजनीतिमा चर्चा पायो । उनी उप–प्रधानमन्त्री तथा गृहमन्त्री रहेका बेला दोहोरो नागरिकताको विवाद उठ्यो । कानुनी प्रक्रिया अघि बढ्दै गर्दा मिडियामा रवि माथि राष्ट्रघात,झूट बोल्ने जस्ता आरोप सार्वजनिक भए । सर्वोच्च अदालतले नागरिकता अस्वीकार गरेपछि उनले पद गुमाए तर मिडिया रिपोर्टिङले घटनालाई उचालेर जनताको भावना तानेको थियो ।
त्यस्तै अर्थमन्त्री हुँदा जनार्दन शर्मालाई कर दर हेरफेरमा मिडियाबाट दोषी देखाइयो । उनले राजिनामा गरे । संसदीय समिति बन्यो । आरोप पुष्टि भएन । उनी पुनः अर्थमन्त्री नियुक्त भए। निर्दोस हुँदाहँुदै पनि उनको छवि धमिल्याउने काम भयो ।
यी घटनाहरूले देखाउँछन कि नेपालमा पनि मिडिया ट्रायलको असर झन, झन बढ्दै गएको छ । खासगरी सामाजिक सञ्जाल र अनलाइन मिडियाको विस्तारसँगै अदालत भन्दा पहिले ‘जनताको अदालत’ बन्ने खतरा देखिन थालेको छ ।
नेपालको राजनीति क्षेत्रमा मिडिया ट्रायल विरोधीहरूलाई कमजोर देखाउने, छवि बनाउने वा बिगार्ने र लोकप्रियताको तराजु घुमाउने एउटा हतियार बनेको छ । जनताको फैसला अघि नै मिडियाको निर्णयले जनमतमा गहिरो प्रभाव पारिरहेको देखिन्छ । यसले लोकतन्त्रको मूल सिद्धान्त निष्पक्ष सुनुवाइ मा खतरा पनि उत्पन्न गर्छ ।
नेपालको राजनीतिक इतिहासकै एउटा शिखर व्यतmत्वको नाम हो प्रचण्ड । उन माथि बेला, बेलामा भित्र र बाहिरबाट मिडिया ट्रायल हुने गरेको छ ।
१. युद्धकालिन अपराधको आरोप (जनयुद्धका घटनाहरू) सन् २००६ देखि हालसम्म पनि माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका हत्या,बेपत्ता पारिएको, यातना र जबर्जस्ती भर्ती सम्बन्धी घटनाहरूमा प्रचण्ड माथि जिम्मेवारीको प्रश्न उठाइन्छ । सङ्क्रमणकालीन न्याय प्रक्रिया शुरु नहुँदै मिडियामा उनी माथि ‘युद्ध अपराधी’ को रूपमा प्रस्तुत गरियो । कुनै औपचारिक अदालतको फैसला नभएपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा उनको छविमा दबाब आयो । सत्य निरुपण आयोग अझै निष्कर्षमा पुगेको छैन ।
२. कृष्णप्रसाद अधिकारीको हत्या (छाउनी हत्याकाण्ड) सन् २००४ को घटनालाई निकै उचालियो । चितवनमा कृष्णप्रसाद अधिकारीको हत्या भएको मुद्दामा पीडित पक्षले प्रचण्डलाई मुख्य योजनाकार ठान्दै मुद्दा हाले । मिडियामा प्रचण्ड माथि व्यक्तिगत रूपमा हत्या आदेश दिएको जस्तो गरी रिपोर्टिङ गरियो । जबकि अदालतमा फैसला परको कुरा सुनुवाइनै भएको छैन । यो मुद्दा कानुनी रूपमा अघि बढेको छैन तर मिडियामा ‘हत्याराका नेता’ भन्ने आरोप बारम्बार दोहोरिइरहन्छ ।
३. बेलायती अदालतमा उजुरी (ग्लष्खभचकब िव्गचष्कमष्अतष्यल ऋबकभ सन् २०२१ मा एक मानव अधिकार संस्थाले बेलायतमा प्रचण्ड विरुद्ध युद्ध अपराध सम्बन्धी उजुरी दर्ता ग¥यो । उजुरी मात्र परेकै आधारमा केही अन्तर्राष्ट्रिय मिडियाले उनलाई ष्लतभचलबतष्यलब िअचष्mष्लब िसरह चित्रण ग¥यो । मुद्दा अगाडि बढेन तर अन्तर्राष्ट्रिय छविमा असहजता आयो ।
प्रचण्डमाथि भएका मिडिया ट्रायलहरू युद्धकालीन पृष्ठभूमि,राजनीतिक गठबन्धनको अस्थिरता, र अभिव्यक्तिको विवादसँग जोडिएका छन् । यस्ता ट्रायलहरूले अदालतको फैसला नभई जनताको मनोविज्ञानमा गहिरो प्रभाव पार्ने काम गरेका छन् जसले लोकतान्त्रिको सवलिकरणमा निकै नकारात्मक असर परिरहेको छ ।
प्रचण्डले आफ्नै पार्टीभित्रबाट पनि मिडिया ट्रायल जस्तो व्यवहारको सामना गर्नु परेको छ । विशेषतः पार्टीभित्रको गुटबन्दी,वैचारिक मतभेद र नेतृत्वको शैलीप्रति असन्तुष्ट नेताहरूले प्रचण्डलाई सार्वजनिक रूपमा आलोचना गर्दै मिडिया मार्फत जनमत प्रभावित गर्ने प्रयास गरेका छन् । केही प्रमुख उदाहरणहरू छन ।
१. बाबुराम भट्टराईसँगको मतभेद संविधान निर्माण, भ्रष्टाचार र सत्ताको उपयोग बारे बाबुराम भट्टराई र प्रचण्ड बीच गहिरो असहमति थियो । बाबुरामले प्रचण्डको कार्यशैलीलाई “सत्तालोलुप, अवसरवादी” भन्दै मिडियामै खुलेर आलोचना गरे । भट्टराईले पार्टी छाडे र नयाँ शक्ति पार्टी गठन गरे । प्रकारान्तरले बाबुराम माथि नै ती आरोप लाग्ने अवस्था आयो । तर, माओवादी आन्दोलन र मिडियामा प्रचण्डको छविमा गम्भीर प्रभाव प¥यो ।
२. नेत्रविक्रम चन्द ‘बिप्लव’ सँगको वैचारिक विभाजन माओवादी पार्टीमा ुशान्तिपूर्ण राजनीतिमा जाने प्रचण्डको निर्णय प्रति बिप्लव पक्ष असन्तुष्ट भयो । बिप्लव पक्षका नेताहरूले प्रचण्डले जनयुद्ध धोका दिए,सत्ता र कुर्सीका लागि आत्मसमर्पण गरे भन्ने आरोप मिडियामै राखे । फलस्वरूप पार्टी विभाजन भयो। मिडियामा प्रचण्ड माथि क्रान्ति बेच्ने नेताका रूपमा चित्रण गरियो । तर अहिले स्वयं बिप्लव प्रचण्डलाई निर्विकल्प नेता मान्ने ठाउँमा पुगेका छन् । उनको कारणले माओवादी आन्दोलनमा जुन क्षति पुग्यो,त्यसको पूर्तिको लागि वर्षौ लाग्ने छ ।
३. पार्टी एकीकरणपछि एमालेसँगको सम्बन्ध नेकपा (एमाले–माओवादी) एकीकरणपछि अध्यक्षीय संघर्षमा प्रचण्डलाई ओली पक्षले निरन्तर मिडियामार्फत दबाब दिए ।प्रचण्डलाई “अवरोधक, विघटनकारी” जस्ता विशेषण दिँदै ओली पक्षले मिडियामा पटक, पटक आलोचना ग¥यो । फलस्वरूप पार्टी विभाजन भयो । कम्युनिष्ट एकताको सपना पुनः एकपटक तुहियो । प्रचण्ड पक्ष अलग भएर माओवादी केन्द्र पुनःस्थापित गरियो ।

प्रचण्डले आफ्नै पार्टीभित्रका पूर्वसहकर्मीहरू,असन्तुष्ट नेताहरू र गुटहरूबाट सार्वजनिक रूपमा मिडिया मार्फत आरोप–प्रत्यारोपको सामना गर्नु परेको छ । यो साँचो अर्थमा ‘पार्टीभित्रको मिडिया ट्रायल’ हो — जहाँ राजनीतिक मतभेदलाई आन्तरिक छलफलबाट होइन, मिडिया मार्फत जनतालाई प्रभाव पार्ने उद्देश्यले अघि सारिन्छ ।
यसले उनको नेतृत्वशैली, निर्णय क्षमता र पार्टी एकता व्यवस्थापनको आलोचना त ल्याउँछ नै साथैं जनमत निर्माणमा मिडियाको भूमिकालाई राजनीतिक हतियारमा रूपान्तरण गर्छ ।
नेपालमा पार्टी नेतृत्व कब्जा गर्न वा नेताको छवि बिगारेर सत्ताको खेलमा प्रभाव पार्न मिडिया ट्रायल प्रयोग भएको पाइन्छ । विशेषतः गुटबन्दी भएको बेला एकीकरण–विभाजनको घडीमा र संविधान निर्माणपछि देखिएको सत्ता संघर्षमा मिडियालाई उपयोग गरिएको र दुरुपयोग गरिएको थुप्रै उदाहरणहरू छन् । नेपालमा पार्टी नेतृत्व कब्जा गर्न वा विपक्षी गुटलाई कमजोर पार्न मिडियालाई राजनीतिक अस्त्र जस्तै प्रयोग गरिएको छ । यसरी पार्टीभित्रको विवाद आन्तरिक छलफल मार्फत सुल्झाउने भन्दा पहिले मिडियामै हल्ला चलाउने प्रवृत्ति बढ्दो छ—जसले नेताको छवि बिगार्ने, कार्यकर्ता भ्रमित पार्ने र जनमत बदल्ने काम गर्छ । यसलाई ‘पार्टीभित्रको रणनीतिक मिडिया ट्रायल’ भन्न सकिन्छ ।

यस कुरामा कुनै शंका छैन कि प्रचण्ड कट्टर कम्युनिष्ट हुन् । कम्युनिष्टको स्पष्ट लक्ष्य हुन्छ— जनवाद, समाजवाद, साम्यवाद । त्यसका लागि सचेत हस्तक्षेप आवश्यक हुन्छ । प्रचण्डकै नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो। यो कुरा २०६४सालको आम निर्वाचनमा पुष्टि भयो । प्रचण्डको नेतृत्वमा गरिएको जनवादी क्रान्तिलाई आम जनताले अनुमोदन गरे । तर, प्रचण्डले यो विषय आफ्नै पार्टीभित्र अनुमोदन गराउन सकेनन्। फलस्वरूप माओवादी पार्टी निकै ठूलो विभाजनमा पुग्यो । लामो कसरतपछि खासगरी हेटौंडामा भएको सातौं महाधिवेशनपछि यो विषयले सही लाइन लियो ।
पछिल्लो महाधिवेशन(आठौं महाधिवेशन)बाट यसलाई पूर्ण रूपमा अनुमोदन गरियो । त्यो अधिवेशनले‘एक्काइसौँ शताब्दीमा समाजवादको बाटो’ भन्ने समाजवादी कार्यदिशा पारित ग¥यो । यसपछि प्रचण्ड सरकारको नेतृत्व गर्न पुगे । सुशासन, सामाजिक न्यायबाट मात्र समृद्धि प्राप्त हुन्छ भन्ने समाजवादी कार्यक्रम अगाडि बढाए ।

उनको १८ महिनाको कार्यकालमा निक्कै जनपक्षीय काम भए । सरकारको लोकप्रियता इतिहासकै उच्च स्थानमा पुग्यो । माओवादी पार्टीले अवलम्बन गरेको समाजवाद उन्मुख कार्यक्रम जनताले अनुमोदन ग¥यो । प्रचण्डलाई बन्दुकको बलमा स्थापना गरेको जनवादी क्रान्तिलाई जनतामा स्थापित गर्न १२ वर्ष लाग्यो,तर समाजवाद उन्मुख कार्यक्रम जनतामा स्थापित गर्न मात्र १८ महिना । तर, यो समाजवाद उन्मुख कार्यदिशा र कार्यक्रम अझैपनि उनले आफ्नो पार्टीमा अनुमोदन गराउन सकेका छैनन् । जनवादी क्रान्तिलाई जनताले अनुमोदन गरिसकेपछि अनि पार्टीमा अनुमोदित हुन नसकेका कारण ठूलो क्षति भयो। अहिले फेरि प्रचण्ड ठीक त्यही ठाउँमा छन् । समाजवाद उन्मुख कार्यदिशा र कार्यक्रम जनताले अनुमोदन गरिसके तर पार्टीमा यो पूर्णतः अनुमोदित भइसकेको छैन ।
जनवादी कार्यदिशा र कार्यक्रमलाई अनुमोदन गराउन लागि पर्दा प्रचण्ड कहिले बैद्य,कहिले बाबुराम, कहिले वाम, कहिले बिप्लवलाई मोहोरा बनाई ठूला ठूला मिडिया ट्रायलमा परे । प्रचण्डका दुःख अझै सकिएका छैनन् । समाजवादी कार्यक्रमलाई मूर्त रूप दिँदै गर्दा उनी बाहिर, भित्रबाट कति धेरै मिडिया ट्रायलमा पर्नेछन त्यो हेर्न बाँकी नै छ । तर, समाजवाद नेपालमा सम्भव छ भने त्यो प्रचण्डकै नेतृत्वमा सम्भव छ । मिडिया ट्रायल होइन,मिडियालाई समाजवादको सहयोगी मोर्चामा बदल्नु नै सच्चा क्रान्तिकारीहरूको दायित्व हुन्छ ।