काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा पुर्व मन्त्री वर्षमान पुन अनन्त नेपाल फर्कने हुनु भएको छ । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंगाणुगत जण्डिस रोगबाट ग्रसित पुन झण्डै ४ महिना लामो उपचार सकेर नेपाल फर्कने हुनु भएको हो । उहाँ यहि माघ १० गते सोमबार बेलुकी ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुग्ने पुनको सचिवालयले जानकारी दिएको छ ।
थाइलेन्डमा उपचार गराइरहुन भएका पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभए पछि थप उपचारका लागि चाइनाको सेनजेन थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा लगिएको थियो । २२ गते फेरी अस्पताल पुगेका उनलाई चिकित्सकहरुले राम्रो सुधार भएको भन्दै केही दिन आराम गर्न सुझाव दिएका थिए ।
त्यसपछि केही समय चीनमै बसेर फलोअप गराइराख्नु भएका नेता पुन पुरै निको भएको र अव नेपाल फर्किएलपनि हुने चिकित्सिकको सल्लाहपछि नेपाल फर्कन लाग्नु भएको नेता पुनका स्वकिय सचिव सन्तोष पुनले सामाजिक संजालमार्फत जानकारी दिनु भएको छ । नेता पुनको चीन थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा ३९ दिन र बैंककमा ५९ दिन लामो उपचार भएको थियो । बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै साँढे ३ महिनादेखि उपचार गराइरहहनु भएका नेता पुन जण्डिस दोहोरिएपछि असोज १३ गते बैंकक तर्फ लागेको थियो । नेपालमा हुँदा उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।