नेप्से परिसूचक दोब्बर अंकले बढ्यो ।

२४ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार ४० अंकले घटेको शेयर बजार सोमबार भने दोहोरो अंकको सुधार देखिएको छ । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ६९ अंकले बढेर २ हजार ८ सय ५१ दशमलव ८६ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३‍.०५ अंकले बढेको छ । नेप्से र सेन्सेटिभ परिसूचक दुबै सुधारिए पनि कारोबार रकममा भने उत्साह देखिएन । आइतबारको भन्दा पनि सोमबार कारोबार रकम घट्यो । आइतबार करिब ६ अर्ब पुगेको शेयर कारोबार रकम सोमबार भने ५ अर्बमा सीमित भएको छ ।