विश्वकपको कीर्तिमान तोड्दै चन्द्रयान–३ बन्यो युट्युबमा सबैभन्दा धेरै हेरिएको लाइभ भिडियो

भदौ ८,काठमाडौं
भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । चन्द्रयान–३ को बुधवार चन्द्रमामा सफल अवतरण गराएर छिमेकी राष्ट्र भारतले यस्तो ऐतिहासिक कीर्तिमान बनाएको हो । आफ्नो देशका वैज्ञानिकहरूले नयाँ इतिहास रचेसँगै विश्वका विभिन्न कुनामा रहेका भारतीयहरूले खुसी मनाइरहेका छन् ।

बुधवार चन्द्रयान अवतरण युट्युबमा प्रत्यक्ष प्रसारण (लाइभ) भएको थियो । त्यसले विश्व कीर्तिमान नै तोडेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । अमर उजालाका अनुसार चन्द्रयान–३ को अवतरणको लाइभ विश्वभरीबाट ८।०६ मिलियन (८६ लाख) मानिसले हेरेका थिए । यसले पुरानो कीर्तिमान भंग गरेर नयाँ रचेको दाबी गरिएको छ । गत वर्ष कतारमा भएको विश्वकप फुटबलअन्तर्गत् ब्राजिल र दक्षिण कोरियाविरुद्धको खेल युट्युबमा सर्वाधिक हेरिएको थियो । सो खेल ६.१५ मिलियन (६१ लाख ४० हजार) दर्शकले हेरेका थिए । सो कीर्तिमान बुधवार चन्द्रयान–३ को अवतरणले तोडेको हो ।