मतदाताहरु भन्छन–‘रुद्र जस्तो युवा र जाँगरिलो मान्छे उद्योग वाणिज्य संघमा पुग्नुपर्छ’

दाङ, ११ असोज । शनिवार हुन थालेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन दौड चलिरहेको छ । मत माग्न उम्मेदवारहरु पसल,पसलमा पुगिराखेकाछन । दुबै प्यानलका गरी ४०,४२ उम्मेदवार मध्ये एक स्र्माट युवा हुन रुद्र जैशी, शर्मा । सानै उमेरमा व्यवसायी क्षेत्रमा स्थापित हुँदै गएका रुद्र उद्योग बाणिज्य महासंघमा खुल्ला सदस्य पदमा आफनो उम्मेदवारी दिएकाछन । आफू आत्मनिर्भर भएर अरुका लागि पनि केही गरौं भन्ने सोच भएका रुद्र मिलनसार स्वभावले गर्दा सबै सर्कलमा चिनिदै गएकाछन ।

घोराहीमा केही समय कस्मेटिक पसल खोलेर व्यवसायको शुरुवाद गरेका रुद्र त्यहाँबाट माथि उक्लिदै दुई बर्षपछि पोल्ट्री सप्लायर्स खोल्न सफल भए । अनि फेरी दुई बर्ष पछि कार शोरुम लिन सफल भए । आजसम्म हात हालेको काममा सफलता भेटाइरहेका रुद्रले सानो उमेरमा जीवनको लामो अनुभव संघर्षबाट प्राप्त गरेकाछन । सबैेका प्रिय बन्दै गएका रुद्र सानो उमेरमा नै बाबुआमाको स्नेह र माया गुमाउनु प¥यो ।

रुकुमका जन्मेको एउटा वालक कलिलै उमेरमा इन्डिया, सिंगापुर, मलेसिया र इजरायल जस्ता धेरै देशहरुमा हण्डर,ठक्कर खाँदै स्पातिलो मान्छे बनेर नेपाल फर्कियो र आज आफनो लागि मात्रै होइन समाजका लागि केही गर्ने चाहना, हुटहुटी र उर्जा बोकी चुनावी मैदानमा मतदाताहरुसँग आफना कुराहरु इमान्दारीका साथ पु¥याइरहेको छ । मतदाताको साथले रुद्रका केही गर्ने हुटहुटीले सार्थकता पाउनेमा मतदाताहरु नै ढुक्क र विश्वस्त देखिन्छन । मतदाताहरु भन्छन– ‘रुद्र जस्तो युवा र जाँगरिलो मान्छे उद्यो वाणिज्य संघमा पुग्नु पर्छ’ ।