जो बोल्न सक्दैन, आवाज विहिन छ त्यसको पनि हो स्थानीय सरकार

प्रकाश विष्ट
राजनितिक चश्मा लगाएर हेर्ने हो भने सरकारले गरेका हरेक कामहरु अनावश्यक हुन सक्छन, आग्रह पूर्वाग्रहको आवेग भित्र उभिएर हेर्ने हो भने त्यो गर्नै नहुने काम हुन सक्छ तर एउटा स्वतन्त्र नागरिक को अँखाले हेर्ने हो भने हामीले गरेका हरेक कामहरू राप्ती गाउँपालिकाको जनताको आवश्यकता हुन सक्छ ।

आजकल यस्ता बुद्धिजीवी युवा भेटिरहेको छु, कसैलाई जन्मदिनको शुभकामना दियो भने खोई बाटो बनाएको भनेर प्रश्न गर्नुहुन्छ ? जन्मदिनको शुभकामना अध्यक्षले दिएपछि त्यहाँ जन्मदिनको शुभकामनानै ब्यक्त गर्नु पर्दछ । कसैको मृत्यु भयो भावपूर्ण श्रद्धाञ्जली लेखेको हुन्छ त्यहाँ अर्को युवाले भन्नुहुन्छ खोई वाटो बनाएको राप्तीमा ? आकाशमा प्याराग्लाइडिङ उडायो अर्कोले प्रश्न गर्नुहुन्छ खोइ बाटो बनाएको ? विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दा अर्को युवाले भन्नुहुन्छ ‘यो त गरिब मारा भयो’ !

हामी जतासुकै फ़ोहोर फ्याक्छौ अनि सरकारले सफा गरेन भन्छौ कस्तो बिडम्बना ! यसरी एक थरी मानिसहरु नकारात्मक विचारको शिकार बन्दै गर्दा सबै भन्दा बढि प्रतिशत युवा छ, जसले सबैभन्दा बढी यो देशको भबिस्य बोकेको छ, देशको संभावनाको मसाल बोकेको छ, कलम बोकेको छ त्यही युवा शक्ति नकारात्मक वाटो तर्फ हिडिरहेको छ, यो देख्दा मलाई अत्यन्तै चिन्ता लाग्छ !हाम्रो समाज कता जादैछ ? सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिने, अराजक गतिविधि गर्ने मान्छेहरुको भिड मन पराउछन केही युवा ! तर सरकार राप्ती गाउँपालिका नागरिकहरुको सबैभन्दा खुशी के मा छ ? राप्ती गाउँपालिकाका दुई, चार, पाँच, दश प्रतिशत मानिसहरु जो हरेक प्रकारको सेवा सुविधा प्राप्त गर्न सक्छन्,हरेक प्रकारको सेवा सुविधाहरु तुरुन्त लिन सक्छन जो सबैलाई प्रभावित गर्न सक्छन ती मानिसहरुको मात्र खुशी हो त सरकार ? तिनले वोलेको आवाज वा विचार मात्रै निर्णायक हो त ?

तिनलाई खुशी पार्ने कसम खाएर आएको हो त ? समग्र नागरिकको मत पाएर,दुरदराजका गाउँमा बस्ने नागरिकाले आशाका नजरले हालेको मतको इमानदारीपूर्वक एक,एक सदुपयोग गर्दै जनताका माझमा सेवा सुविधाहरु पु¥याउने दायित्व बोकेका छौ हामीले। केही मानिसहरूलाई खुशी पार्न मात्र होइन,सरकार बलिया हर्ताकर्ता,बोल्न सक्ने,हो–हल्ला गर्न सक्ने,भिड खडा गर्न सक्ने मान्छेको मात्र सरकार होइन,एउटा गरिब दुखी जो वोल्न सक्दैन,आवाज विहिन छ त्यसको पनि सरकार हो,स्थानीय सरकार। त्यसैले सानो–सानो कुरामा पनि ध्यान दिनु पर्दछ स्थानीय सरकारले।
विष्ट राप्ती गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ ।