
जनकलाकारको संस्मरण- सगरमाथाको काखदेखि सप्तकोशीको तिरसम्म
प्रकाशित मितिः मङ्लबार, पुस १८, २०७४
|
कार्तिकको चिसो जाडोले हिउँदयामको आभाष दिलाउँथ्यो । औंशीको निस्पष्ट कालो रातपछि विहानीपख सूर्यको किरणले धर्तीलाई ब्युँझाउँदै थियो । बिहानीपखको शितल पवनसँगै नयाँ खबर आयो । हाम्रो सामना परिवार साँस्कृतिक अभियान लिएर पूर्वी नेपालका बस्ती–बस्तीमा जाने भयो ।
मेरो लागि यसपटकको यात्रा जीवनमा नौलो हुने कुरा स्वभाविक थियो किनकि म पूर्वी नेपालको भुगोलमा कहिल्यै पाइला टेकेकै थिइँन । जहाँ पुग्न हिडेर हा