
दाङका अधिकांश सडक जीर्ण
प्रकाशित मितिः सोमवार, पुस १७, २०७४
|
जनक नेपाली
घोराही । दाङका अधिकांश पुराना तथा मुख्य सडकहरु जीर्ण बन्दै गएका छन् । ती सडकको मर्मत कार्य नहुँदा जीर्ण बन्दै गएका हुन् । जिल्लामा सवारी साधनको चाप बढ्नु र सडकको भार क्षमताभन्दा बढी क्षमताका सवारी साधनहरु गुड्दा सडक जीर्ण बन्नुका साथै आयुसमेत घट्दै गएको हो ।
जिल्लाका अधिकांश सडकको क्षमता १० टनको मात्र भए पनि दैनिक २२-३२ टनका मालवाहक सवारीहरु सडकमा गुड्दा सडकको आयु घट्दै गएको स