
सामाजिक रुपान्तरणमा स्तम्भकारहरुको भूमिका
प्रकाशित मितिः शनिबार, पुस १५, २०७४
|
१. विषय आरम्भ
समाजविज्ञानका अनेक विषयक्षेत्रहरु छन् । तीमध्ये एउटा विषयक्षेत्र हो पत्रकारिता । पत्रकारिताका पनि विविध आयामहरु छन् । यसलाई मूलतः छापा र विद्युतीय गरी दुई भागमा विभाजन गर्न सकिन्छ । विद्युतीयभित्र पनि रेडियो, टेलिभिजन र अनलाइनजस्ता भेदहरु रहेका छन् भने छापा माध्यमका पनि विविध रुपहरु छन् । छापालाई समयावधिका हिसाबले दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिक आदि अनेक