
सिमाबासीको प्रश्न– नेपालमा घर, भारतको भर कहिलेसम्म ?
प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४
|
भुपेन्द्र वली
दाङ । यो समाचार लेखिरहँदा दोस्रो चरणको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको मौन अवधि शुरु भइसकेको छ । सधैंजसो यसपटकको चुनावमा पनि नेताहरु मत माग्न भारतसँगको सिमावर्ती नाकासम्म पुगे– थुप्रै आश्वासनका पोका लिएर ।
भोट माग्न आउने उम्मेदवारहरुलाई सीमाबासीको एउटै प्रश्न हुन्छ । ‘तपाई आज एक दिन त यति कष्ट पाउनुभयो । हामीलाई दिनदिनै ओहोरदोहोर गर्नुपर्दा कति सास्ती हुँदो हो ?