Tag: लक्ष्मी लम्साल

ओली नेतृत्वको सरकारप्रति के सोच्दैछन् चीन र भारत ?

ओली नेतृत्वको सरकारप्रति के सोच्दैछन् चीन र भारत ?

    प्रकाशित मितिः बुधबार, फाल्गुन १६, २०७४       |
अधिकांश विश्लेषकहरूको मान्यता छ, एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्तारोहणसँगै चीनसँगको सम्बन्ध घनीभूत हुनेछ । २०७२ को संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीजस्तै स्थितिले दक्षिणतिरको सम्बन्ध पहिलाजस्तै बिग्रिनेछ वा बिगारिनेछ । तर उनीहरू यो भन्न चुकिरहेका छन् कि छिमेकी जतासुकैको भए पनि सन्तुलित सम्बन्ध नराखी अघि बढ्न सकिँदैन र नेपाल मध्यस्थ पुल बन्न छोडेर दुई छिमेकीलाई भि