
कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली
प्रकाशित मितिः सोमवार, पुस १७, २०७४
|
शंकर केसी
सल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा कुनै पनि वडामा विद्युतीकरण भएको छैन । विद्युत सेवा नपुगेपछि सिंगो गाउँपालिकाबासी उज्यालोका लागि टुकी बाल्न बाध्य छन् ।
सात वटा वडा रहेको कालिमाटीमा बिजुली बत्तीको पहुँच नपुग्दा स्थानीयबासी धेरै कुरामा पछाडि परेका छन् । विद्युत अभावमा गाउँपालिका कार्यालय सञ्चालन पनि प्रभावित हुने गरेको छ ।
स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका कार्यालय