५ मंसिर देउखुरी । लुम्बिनी प्रदेश सरकारले स्थानीयस्तरमा उत्पादित मदिरालाई ब्रान्डिङ गर्न कानुन निर्माणको प्रक्रिया अघि बढाएको छ ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले संघीय सरकारसँग समन्वय गरेर कानुन निर्माणको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत तुलसीपुर–३ मा आयोजित कार्यक्रममा मन्त्री मास्कीले प्रदेश सरकारले स्थानीयस्तरमा उत्पादित पेय पदार्थ र मदिरालाई कानुन निर्माण गरी बजारीकरण गर्न दुई करोड बजेट बिनियोजन गरेको बताउनु भयो । सोही अनुसार कानुन निर्माणको प्रक्रिया अघि बढेको अर्थमन्त्री मास्कीले बताउनु भयो । ‘हामीले स्थानीयस्तरमा उत्पादित रक्सीलाई ब्राण्डिङ गर्न संघीय सरकारसँग पनि समन्वय गरेका छौं’– मन्त्री मास्कीले भन्नुभयो– ‘एउटा समिति नै बनाएर कानुन निर्माण प्रक्रिया अघि बढाएका छौं ।’
संघीय अर्थमन्त्री, उद्योग मन्त्री सहित प्रदेश सरकारको टोली सम्मिलित एउटा समिति बनाएर कानुन निर्माण प्रक्रिया अघि बढाइएको मन्त्री मास्कीले जानकारी दिनुभयो । विदेशबाट रक्सी ल्याएर नेपाली बजारमा खपत गर्ने गरिएको भन्दै नेपालमै मदिरा उत्पादन गरेर बजारीकरण गरेमा बाहिरबाट आयात गर्नुपर्ने अवस्था नरहने बताउनुभयो । पहिलो चरणमा बाँकेस्थित राप्ती सोनारी गाउँपालिकाले मौवाबाट मदिरा उत्पादन गर्न थालेको समेत मन्त्री मास्कीले जानकारी दिनुभयो । प्रदेशमा मौवा, कोदो, जामुन, कुरिलो, टिमुर, बेल, लालीगुराँस लगायतबाट मदिरा उत्पादन गर्ने तयारी रहेको छ ।
यसरी प्रदेश सरकारले मदिरा उत्पादन गरेर बजारीकरण गर्न थालेपछि प्रदेशका ७५ हजारले रोजगारी पाउने प्रदेश सरकारले आँकलन गरेको छ
प्रदेश सरकारले स्थानीय मदिरा ब्राण्डिङ गदैं
ट्रेन्डिङ