तुल्सीपुर, हरेक घरमा १० बोट खुर्सानीका विरुवा अनिवार्य रोप्नुपर्ने योजना दाङको एक वडाले ल्याएको छ । सुन्दा सामान्य लाग्ने तर व्यवहारमा प्रयोग नभएपछि वडालाई खुर्सानीमा आत्मनिर्भर बनाउन तुलसीपुरको ११ नं. वडाले यस्तो योजना अघि बढाएको हो ।
खुर्सानी हरेक नागरिकको भान्सामा आवश्यक चिज भएकाले घरायसी प्रयोजनका लागी आवश्यक खुर्सानी खेती समेत नगर्दा वर्षेनी लाखौ रुपैयाँ अर्को मुलुकमा जान थालेपछि यस्तो योजना ल्याइएको वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिए । वडामा करिव २ हजार ५ सय घरधुरी छन । वार्षिक औसत आधार दरलाई हेर्दा प्रत्यक घरमा सरदर २ हजारका दरले एउटा भान्सामा खुर्सानी खपतहुने गरेको अनुमान गरएिको छ । यसरी कुल घरधुरीमा हुने खुर्सानीको खपत वापतको ५० लाख भन्दा बढि रकम वडाबाट बाहिरिने गरेको छ । एक घरले सामान्यता १० बोट खुर्सानीको विरुवा रोपेमा पनि वर्षभरी खुर्सानी किन्नु नपर्ने अवस्था रहेको अध्यक्ष रावतले बताए ।
वेसार र अदुवामा पैँचो कार्यक्रम
तुलसीपुर उपमहानगरपालिका–११ मा बेसार र अदुवा खेती गर्ने किसानलाई पैचो कार्यक्रम सञ्चालन गरिने भएको छ । पैचो कार्यक्रम अन्र्तगत किसानले बेसार र अदुवा मध्य कुन खेती गर्न चाहेको छ सोको विवरण खुलाएर वडामा निवेदन दिन सकिने अध्यक्ष रावतले जानकारी दिनुभयो ।
यसरी वडामा आएका किसानको निवेदन संकलन गरी अदुवा र वेसारको बीउ पैचो दिइने उनले बताए । अदुवा र वेसार उत्पादन पछि भने वडा कार्यालयलाई पैचो तिर्नुपर्र्ने छ ।