गलत कार्यमा अख्तियारमा उजुरी दिनु सचेत नागरिकको कर्तव्य हुन्छ ः पुन

कमिरेचौर २२ माघ, जीवन नेपाली
बंगगाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुलीको विकास चहाने हरेक सचेत व्यक्तिहरुले अख्तियारमा उजुरी दिन आब्हान गर्नुभएको छ । उहाँले अख्तियारमा उजुरी परेपछि मात्रै गल्ति कमजोरीलाई सच्चाउने मौका मिल्ने भएकाले सबै सचेत नागरिकले अख्तियारमा उजुरी हाल्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पुनले गैरकानुनी काम गर्ने छुट कसैलाई नभएको भन्दै हरेक नागरिकले कानुनको अधिनमा रहेर काम गर्नुपर्ने बताउनु भयो ।
दाङको बंगलाचुली गाउँपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजको आयोजता तथा बंगलाचुली गाँउपालिकाको व्यवस्थापन तथा सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष पुनले उहाँले अख्तियारले आयोजना गरेको कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
पुनले कानुनले वर्जित गरेको कुनैपनि कामहरु गर्न नहुनेमा आफुहरु सचेत रहेको भन्दै आफुहरुले नियतवस कुनै पनि गल्ति कमजोरी नगर्ने प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष पुनले भन्नुभयो– ‘जनताको काम गर्दा कसैले गलत नियत राखेर फसाउन खोजे जनताको लागि जेलै समेत जान तयार छु। तर क्षणिक स्वार्थराखेर मैले कुनै पनि गलत काम गर्दैन र हुन पनि दिँदैन’ ।
उहाँले बंगलाचुलीको विकासका लागि सबैको साझा सहमति र सहकार्य आवश्यक रहेको समेत बताउनु भयो । बंगलाचुलीको समग्र विकासका लागि एक व्यक्तिले मात्रै सम्भव नहुँने भन्दै सबै दल तथा सरोकारवालाहरुको विचमा साझा सहमति र सहकार्यका लागि आफु हरदम तयार रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले गाउँपालिकाको सुशासनलाई चुस्त राख्नका लागि आफुहरु लागि परेको बताउनु भयो । उहाँले गाउँपालिकामा सुसासन काई स्थापना गरी पालिकाको हरेक कामको निगरानी गर्ने गरी योजना बनाइने बताउनु भयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनु भएका उपाध्यक्ष जिसीले गाउँपालिकाले दिगोविकासको लक्ष्यलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यको वुँदा नम्वर ६ मा रहेको स्वच्छ खानेपानी तथा सरसफाईको अभियानलाई पहिलो प्राथमिकताका साथ अघि बढाएको बताउनु भयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजका कार्यालय प्रमुख गणेश बहादुर वस्नेतले आयोगमा परेका भ्रष्टाचारजन्य उजुरीहरुको प्रवृतिका बारेमा प्रशिक्षित गराउनु भएको थियो । सो अवसरमा उहाँले सार्वजनिक ओहदाका जो कोहीले पनि गल्ति गर्ने छुट नभएको र अन्जानमा गल्ति गरेपनि पनि मैले जानिन थाहा पाइन भन्न नपाउने कानुनी प्रावधान रहेको भन्दै हरेक कामलाई चुस्त तथा पारदर्शी ढङ्गले गर्न सुझाव दिनुभयो ।
भ्रष्टचारले देशकै अस्मिता माथी प्रश्न चिन्ह आउँने भन्दै हरेक व्यक्तिको सत्कर्म र सहि आचरणले देशमा शुसासन कायम हुने बताउनु भयो । कार्यक्रममा आयोगका सुचना अधिकारी झलक केसीले भ्रष्टचारको परिचय, अर्थ र परिभाषाको वारेमा प्रशिक्षित गराउनु भएको थियो । कार्यक्रमका सहभागिहरुलाई कुनै पनि काममा गतल भएको महसुश भएमा अख्तियारमा उजुरी गर्न सिकाइएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजका कार्यालय प्रमुख गणेश बहादुर वस्नेतको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
बंगलाचुली गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण आयोगका सूचना अधिकारी झलक केसीले गर्नुभएको थियो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, उपभोक्ता समितिका प्रमुख तथा पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।