१ चैत काठमाडौं । आजदेखि काठमाडौंमा दक्षिण एसियाली सम्मेलन सुरु भएको छ। महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, वुमन एनजिओ फेडेरेसन र एभ्री वुमन संस्थाको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो। सम्मेलन २ दिनसम्म चल्ने छ।