नेपालमा ९३ प्रतिशत नागरिकले लगाए कोरोना बिरुद्धको खोप

६ चैत, काठमाडौं। नेपालमा अहिलेसम्म जम्मा ९३ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको खोप लगाइसकेका छन् । १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक करोड ६१ लाख ८४ हजार ८५८ ले पूर्ण मात्रा खोप लगाएका छन् । यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ ९९१ प्रतिशतले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ ९६७ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार कूल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ ।
नेपालमा हाल तीन हजार ९९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणबाट नेपालमा ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब सात प्रतिशत जनसङ्ख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ ।