पुर्ण सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

माडी गाउँपालिकाले सरसफाई अभियानलाई तिव्र बनाएको छ । गाउँपालिकालाई पुर्ण सरसफाई युक्त बनाउने अभियान अन्तरगत सरसफाई सम्बन्धी विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यसैक्रममा आज माडी गाउँपालिका वडा नं. ५ भाबाङ मा आज पुर्ण सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

भाबाङ बासि को अद्भुत एकता ! पुर्ण सरसफाई युक्त वडा बनाउने हाम्रो प्रतिवद्द्ता ! ! भन्ने मुल नारा सहित सरसफाइ अभियानको सुरुवात गरिएको छ । वडालाई पूर्ण सरसफाई युक्त बनाउनका लागि सोमबार वडाका सरोकारवाला निकाय संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष भरत बहादुर बुढामगरले बताउनु भयो । गाउँपालिकाको लक्ष्य अनुसार वडालाई तत्काल पूर्ण सरफाई युक्त बनाइने बुढाले बताउनु भयो ।

वडामा क्रियाशिल रहेका राजनैतिक दल, समाज सेवी बुद्धिजिवीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको बताइएको छ । माडी ५ भाबाङ लाई अब्बल बनाउन वडा कार्यलयले सबै सरोकार वाला हरु संग प्रतिवद्धताको माग समेत गरेको छ । वडालाई सरसफाई युक्त बनाउनका लागि सबै निकाय क्रियाशिल हुनु पर्ने भएकोले सबैले साथ दिनु पर्ने वडाले बताएको छ ।

सरसफाई कार्यक्रमलाई प्रचारात्मक बनाउनका लागि वडाका साबै सरोकारवालालाई सरसफाई सम्बन्धी ट्रयाकसुट समेत वितरण गरेको छ