
सरकार आफैं सबैथोक होइन,सरकारले पार्टी चलाउने होइन।
प्रकाशित मितिः मङ्लबार, मंसिर २५, २०७५
|
नारायणकाजी श्रेष्ठ, नेकपा,प्रवत्ता
केही शीर्षनेतासहित पार्टीको सर्वोच्च कार्यकारी निकायको बैठक छाडेर हिँडेपछि सत्तारुढ राजनीति तरंगित भएको छ, त्यो शीर्ष नेतृत्वलाई समय पालना गराउन मात्र हो कि असन्तुष्टि पनि लुकेका छन् ?
हामीले ‘समय’ कै विषयलाई लिएर बैठक छोडेका हौं। बैठक बोलाउने अनि कुरेर बस्नुपर्ने। तरिका ठीक भएन भनेर यस्तो निर्णयमा पुगेका हौं। विधिको शासन गर्छु भन्ने आफैंले विधि पालना नगर्न