इलाका प्रशासनबाट सेवा प्रवाह नहुदा सेवा ग्राहि मर्कामा

माघ १८ रोल्पा । श्चिम रोल्पाको घर्तीगाउँमा रहेको इलाका प्रशासन कार्यलयमा कार्यालय प्रमुख नहुदा सेवा प्रवाह थप्प प्राय भएको छ । पश्चिम रोल्पालाई केन्द्रित गरि स्थापना भएको इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख नखटाउदा सेवा थप्प भएको हो । रोल्पाको ४ वटा गाउँपालिकाले सेवा लिने इलाका प्रशासन कार्यालयबाट सेवा प्रबाह नहुदा त्यस क्षेत्रका नागरिकलाई सास्ति भएको छ ।

ईलाका प्रशासन कार्यालय घर्तिगाउँ रोल्पामा गत साउन १७ गतेदेखि ६ महिनाका लागि मन्त्रालयबाट कायम मुकायम कार्यालय प्रमुखमा गण बहादुर बिकलाई खटाइएको थियो । उनको सेवा अवधी सकिए संगै त्यसकार्यालयबाट हुने नागरिकता वितरण लगातएका काम हुन सकेको छैन । नागरिकता वितरण लगाएतका काम नहुदा पश्चिम रोल्पाका स्थानीय सेवाबाट बन्चित भएका छन् । आफ्नै गाउँठाँउमा इलाका प्रशासन कार्यालय भए पनि सेवा नपाउदा सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको सेवा ग्राहिको गुनासो छ ।

यता रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराजले भने पुन: एक हप्ता भित्र कार्यालय प्रमुख खटाइने बताएका छन् । यसबारेमा गृह मन्त्रालय सँग पटकपटक जानकारी गराइएकोले तत्काल समस्याको समाधान हुने बिश्वास ब्यक्त गरे । इलाका प्रशासन कार्यालयका लागि अधिकृत स्तरको कर्मचारी खटाउनु पर्ने भए पनि हालसम्म सिनियर सुब्बाले कायम मुकामयको रुपमा जिम्मेवारी सम्हालि राखेका थिए ।