नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको अधिवेशन सम्पन्न, अध्यक्षमा वली

नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रोल्पा  छैटौं अधिवेशन सम्पन्न भएको छ । आज रोल्पाको सदरमुकाम लिबाङमा अधिबेशन सम्पन्न भएको हाे ।
रोल्पा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको अधिवेशनले लभलाइट वलीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । सम्पन्न अधिवेशनले उपाध्यक्षहरुमा ललित कुमार बुढा मगर, प्रताप घर्तीमगर, खिमराज कुवर”क”, सचिवमा खिमराज कुवर “ख” सह सचिवमा हरि बहादुर कवर, कोसाध्यक्षमा मतिलाल कवरलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बलबहादुर बाँठामगर, हस्तबहादुर दर्लामी, सुशील प्रकाश सुनार, नन्दकिशोर घर्ती, हिमा गुरूङ, सुन्दर बहादुर घर्ती, खुमन थापा मगर, महेन्द्र केसी, देवदत्त रिजाल, गणेशबहादुर विष्ट, धर्मजित बिसी र कुलराज घर्तीलाई सर्वसम्मत चयन गरेको छ ।
माओबादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीको प्रमुख आतिथ्यता  तथा रोल्पा नगरपालिका मेयर पूर्ण केसिको विषेश आतिथ्यतामा सम्पन्न अधिवेशले केन्द्रीय प्रतिनिधि तथा प्रदेश प्रतिनिधि समेत छनौट गरेको छ । स‌ंगठनले केन्द्रिय प्रतिनिधीहरुमा श्याममणि विक,  पदमप्रसाद रिजाल, बासुदेव उपाध्याय र कमल केसीलाई छनौट गरेको छ । भने प्रदेश प्रतिनिधिमा घनश्याम वली, धनबहादुर घले, बीरभद्र बुढा, विकास विक्रम आले, महेन्द्र पुन र रमेश गिरीलाई छनौट गरेको छ ।
सम्मेलनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीमा संगठित जिल्ला भरीका  कचारीहरुको उपस्थीति रहेको थियो ।