माओबादी केन्द्रको बैठक सम्पन्न

अशोक ओली

२५ माघ, रोल्पा

नेकपा ( माओवादी ) केन्द्र गंगादेवको पदाधिकारी बैठक सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष नरसिङ रानाको अध्यक्षता बसेको बैठकमा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य गंगादेव गाउपालिका अध्यक्ष वीर बहादुर खत्री ,माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य गाउपालिका उपाध्यक्ष रिता घर्तीको आतिथ्यता र गाउँ कमिटी पदाधिकारीको उपस्थितिमा बसेको बैठकले २०७८ फागुन १ गते ७ वटै वडामा जनयुद्ध दिवस कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । सम्बन्धि वडामा बक्ताको रूपमा जाने नेताहरुको जिम्मेवारी समेत तोकेको छ । जस अन्तर्गत वडा नम्बर१ मा प्रदेश कमिटी सदस्य रिता घर्ती,गाउँ कमिटी सचिव रेशम राज डागी , वडा नम्बर २ मा निवर्तमान जिल्ला सदस्य भक्त बहादुर वली, वडा नम्बर ३ मा निवर्तमान गाउँ कमिटी अध्यक्ष प्रेम बहादुर वली, वडा नम्बर ४ मा निवर्तमान जिल्ला सदस्य राम बहादुर वली,वडा नम्बर ५ मा गाउँ कमिटी उपाध्यक्ष अमृत थापा, वडा नम्बर ६ मा गाउँ कमिटी अध्यक्ष नरसिङ राना,निवर्तमान जिल्ला सदस्य टङ्क बहादुर वली र वडा नम्बर ७ मा निवर्तमान जिल्ला सदस्य कुशल सिङ बिक, गाउँ कमिटी उपाध्यक्ष बिजय घर्तीलाई जिम्मेवारी तोकेको छ । उक्त बैठकले माओवादी केन्द्रको प्रथम गंगादेव सम्मेलन २०७८ मङ्सिर ११ देखि रिक्त रहेको पार्टी कार्यालयको सचीवमा माओवादी केन्द्र गाउँ कमिटी सदस्य भरत केसिलाइ जिम्मेवारी दिने निर्णय गरेको छ ।