भैरहवा । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शुक्ला आफ्नो कार्यकाल सकिनै लाग्दा आज विहीबार माओवादी केन्द्रमा प्रबेश गरेका हुन् ।
उनलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। ७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचनको मुखमा नेकपा एमालेमा प्रवेश गरेका थिए ।
उनले आफ्नी पत्नी पल्लबी शुक्लालाई एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवारसमेत बनाएका थिए। पछिल्लो समय सीके राउत नेतृत्वको जनमत पार्टी नेपालसँग नजिक रहेका शुक्ला चुनाव घोषणापछि माओवादीमा प्रवेश गरेका हुन्।
शुक्लसँगै नेपाली कांग्रेसबाट निर्वाचित सोही गाउँपालिकाका वडाध्यक्ष श्रवणकुमार यादवसमेत माओवादीमा प्रवेश गरेको बताईएको छ।