नेपाल दलित मुक्ति मोर्चा माडी गाउँपालिकाको प्रथम सम्मेलन घर्तिगाउँमा सम्पन्न

फाल्गुन-२२,रोल्पा । नेपाल दलित मुक्ति मोर्चा माडी गाउँपालिकाको सम्मेलन माडी २ घर्तिगाउँमा सम्पन्न भएको छ । झक्कु प्रशाद परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका प्रदेश अध्यक्ष कर्मलाल परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य धनिकला घर्ती बुढामगर, माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर,सचिव वीर बहादुर घर्तिमगर,कोषाध्यक्ष जुनमाया घर्तिमगर नेपाल दलित मुक्ति मोर्चा परिवर्तन गाउँपालिका अध्यक्ष चित्र बहादुर बिक माओवादी केन्द्रका माडी २ का अध्यक्ष लिला घर्तिमगर,४ का अध्यक्ष वेद प्रशाद मल्ललगाएतको वाक्लो उपस्थिती रहेको थियो ।

सम्मेलनले सिंहराम परियारको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ । जस्को उपाध्यक्षमा राजकुमार बिका,सचिव सर्जन बिक, कोषाध्यक्षमा गौरी परियार, सह सचिव अशोक बिकलाई चयन गरेको छ । माडी गाउँपालिकाको प्रत्येक वडाबाट उत्साहजनक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ । सो अवसरमा दिलपुरी परियार नेकपा एमाले परित्याग गर्दै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । सिंहराम परियारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन इन्द्र बहादुर सिटीमहरले गर्नुभएको थियो ।