पुरै गाउँ माओबादीमा प्रवेश

नेकपा एमालेको किल्ला मानिने एक गाउँ पुरै माओबादी केन्द्रमा प्रवेश गरेको छ ।  जिल्ला कै एमालेको लाल किल्ला मानिन्ने रुन्टिगढि गाउँपालिका वाड न . ५  मा आज करिब २५ घरपरिवार नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका हुन् ।

करिब २६ बर्ष लामो एमालेमा रहि काम गरेका सोही २५ घर परिवार नेकपा एमाले ले जनताको काम गर्न न सकेको भन्दै माओवादी केन्द्र मा प्रवेश गरेको बताएका छन् । लामो समय देखि एमाले रहि काम गरेको भएपनि एमालेले जनताको भावना अनुसार काम नगरेको भन्दै जनताको एकमात्र पार्टी माओबादी भएकोले प्रवेश गरिएको प्रवेशिहरुले बताएका छन् ।