सुनछहरी गाउँपालिकाकाे सहयाेगमा ५ दिने आधारभूत पत्रकारिता तालिम सुरु

जुनिश कुमार विष्ट । 

५ चैत, राेल्पा । रोल्पाको सुनछहरी गाउँपालिका ७ नम्बर जेलबाङमा ५ दिने आधारभूत पत्रकारिता तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाको ७ वटै वडाका दुई दुई जना सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा आफ्नो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष आशबहादुर पुनले पत्रकारिता समाजको मार्गदर्शक भएकोले सबैले स्वच्छ,मर्यादित र निस्पक्ष भएर पत्रकारितामा लाग्नु पर्ने बताउदै भन्नू भयो समाजमा भए गरेका सत्य तथ्य घटनालाई निष्पक्षताका साथ अगाडि ल्याउनु पर्ने बताउनु भयो। उद्घाटन कार्यक्रममा ६ नम्बर वडा फगामका वडा अध्यक्ष अमरजित पुनमगर,७ नम्बर वडा जेलबाङका वडा अध्यक्ष टिकाबहादुर बुढा,७ नम्बर वडा जेलबाङका वडा सदस्य राज रोका,जालकुमारी बिक,युवा साहित्यकार बिष्णु सन्यास,रोलबाङ माध्यमिक बिधालय जेलबाङका शिक्षक हेमलाल पोख्रेल लगाएतको आतिथ्यता रहेको थियो।

उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविनलोचन मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव लोकेन्द्र चन्दले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष सन्तोष शर्मा गर्नु भएको थियो ।