दाङ, १८ भदौ । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी चौधरी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०मा प्रवेश गर्नुभएको छ । उहाँलाई पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले स्वागत गर्नुभएको थियो ।
भालुवाङमा जारी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को लुम्बिनी प्रदेश समितिको बैठकका क्रममा चौधरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । चौधरी जसपाको लुम्बिनी प्रदेश सचिव पनि हुनुहन्थ्यो । उहाँ भरखरै जिल्ला भूमि आयोगको विज्ञ सदस्यको रुपमा नियुक्त हुनुभएको थियो ।
पार्टी प्रवेश गर्दै लक्ष्मी चौधरीले नेकपा माओवादीबाटै जनजाति अधिकारको लागि थप आन्दोलन गर्न सहज हुने र जनआन्दोलनमा माओवादीको भूमिका ठूलो भएको बताउनुभयो । उहाँले अब माओवादीमा रहेर सङ्गठन विस्तारमा लाग्ने बताउनुभयो ।
चौधरीलाई स्वागत गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महराले उहाँलाई पार्टीले उचित जिम्मेवारी दिने बताउनुभयो । जसपाबाट बावुुराम भट्टराई अलग भइसकेपछि उपेन्द्र यादव नेतृत्वको जसपाले उहाँलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । चौधरी लामो समयदेखि आदिवासी जनजाति आन्दोलनमा खारिएको नेतृ हुनुहुन्छ ।