२० भाद्र दाङ, नेकपा माओवादी केन्द्र दाङले निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर निर्वाचन परिचालन समितिलाई सक्रिय बनाउने भएको छ । माओवादी दाङ समन्वय समितिका अध्यक्ष तुल्सीराम पुन, सुवासको अध्यक्षता र स्थायी समिति सदस्य रेखा शर्माको प्रमुख आतिथ्यतामा आज घोराहीमा बसेको बैठकले निर्वाचन क्षेत्र र पालिकाहरुको बैठक र प्रशिक्षणको मिति तय गरेको छ ।
जस अन्र्तगत प्रतिनिधि सभा क्षेत्र नं. १ को बैठक भाद्र २५, क्षेत्र नं. २ मा २६ र क्षेत्र नं. ३ को बैठक २७ गते तय गरेको छ । त्यस्तै बैठकले प्रदेश सभा स्तरीय प्रशिक्षण कार्यक्रमको मिति तय गरेको छ । निर्वाचन क्षेत्र १ को क मा असोज २ गते, खमा असोज ३ गते निर्वाचन क्षेत्र २ को क मा असोज ४ मा र ख मा असोज २ गते त्यस्तै निर्वाचन क्षेत्र नं. ३ क मा असोज २ गते र ख मा असोज ४ गतेलाई प्रशिक्षणको मिति तोकेको छ । जिल्ला समन्वय समितिको बैठकले सबै पालिकामा बैठक बस्ने गरी मिति तय गरेको छ । बैठकले तय गरेको मिति अनुसार राप्ती गाउँपालिकामा भाद्र २८, गढवामा भाद्र २९, राजपुरमा ३० गते र लमहीमा ३१ गतेलाई बैठकको मिति तय गरिएको छ ।
त्यस्तै बंगलाचुलीको असोज १, घोराहीको भाद्र २८ तुल्सीपुरको २९ दंगीशरणको ३०, शान्तिनगरको ३१ र बबईको असोज १ गते तय गरेको छ ।
बैठकले जवस र मोर्चाको केन्द्रिय, प्रदेश र जिल्ला पदाधिकारीको संयुतm बैठक भाद्र २३ गतेलाई तोकेको छ । त्यस्तै असोज ५ गते जनप्रतिनीधिहरुको लागि कार्यशाला गोष्ठी गरिने भएको छ । बैठकले जिल्ला अध्यक्ष सुवास पुनको संयोजकत्वमा स्थानीय तह परिचालन विभाग गठन गरेको छ ।