जसपाको जिल्ला कमिटी नै माओवादीमा

भाद्र २५ दाङ, माओवादी केन्द्र दाङले पार्टी छोडेर अनेत्र गएकालाई घर फर्काउने अभियान थालेको छ ।
अभियान अन्र्तगत शुक्रबार बंगलाचुलीबाट पार्टी प्रवेश गराउने क्रमलाई जोड्दै शनिवार लमहीमा जनता समाजवादी पार्टी (जसपा) को सिङ्गो जिल्ला कमिटीलाई आफनो पार्टीमा भित्रयाएको छ । माओवादी छाडेर अर्को पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई प्राथमिकतामा राखि ‘घर फर्क’ अभियान चलाइएको भएपनि अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गराउने क्रमलाई पनि जोडेको माओवादी दाङका इन्चार्ज निर्मल आचार्यले बताउनु भएको छ ।
शुक्रबार बंगलाचुलीमा बाट विभिन्न पार्टी छाडी ३६ जना नेता, कार्यकर्ता माओवादीमा प्रवेश गरे लगतै शनिवार जसपाको १ सय ५३ जनाको जिल्ला कार्यसमिति मध्ये १ सय ३० जना औपचारिक कार्यक्रमबाटै माओवादी केन्द्रमा प्रवेश गरेकाछन । जिल्ला अध्यक्ष होम प्रसाद शर्माको नेतृत्वमा माओवादीमा प्रवेश गरेको जिल्ला नेतृत्वको टीमलाई माओवादी केन्द्रमा उपाध्यक्ष कृष्ण बहादुर महरा र दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले स्वागत गर्नु भएको थियो ।