सरकार भएको अनुभूति दिलाउदैं प्रचण्ड सरकार

पुस १० गते आफूसँगै राजनीतिको मुल प्रवाहलाई अर्कोमा बदलेर त्यसको स्टे«रिङ आफनो हातमा लिएको प्रचण्ड सरकारले तिव्र गतिको स्पीड पक्रि सकेको छ । सरकारले यो अबधिमा इन्धनको मूल्य घटाउनु, सातै प्रदेशबाट श्रम स्वीकृतिको थालनी गर्नु,पासपोर्ट लिन लाइन बस्नुपर्ने व्यवस्थाको अन्त्य,विदेशबाट २ वटासम्म मोवाइल ल्याउन पाउने व्यवस्था, सेयर बजारले ३ सय अंकले बृद्धि हुनु लगायत मलेसियामा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि सक्रिय पहल,कम्बोडियामा मृत्यु भएका निराकार पाण्डेको शव सरकारले ल्याउने घोषणा गर्नु साना तर जनताका लागि आवश्यक र प्रभावकारी काम हुन ।
सरकारले पूर्णता नपाउदै, गठबन्धनका आन्तरिक मामिलाहरु मिलाउनु पर्ने र प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि गरिरहेको तयारी बीच जनतालाई राहत पुग्ने गरी यति काम हुनु भनेको अब केही प्रगति हुन्छ भन्ने कुराको स्पष्ट संकेत हो ।
हो, प्रचण्डका चुनौती पहाड जतिकै अग्ला छन र अप्ठयारा छन । अंक गणितमा आफनो पार्टीको सिट संख्या कम, गठबन्धन पार्टीका अनेक वेमेल विचार र नीतिसँग सहकार्य गर्नु प्रचण्डलाई सहज बाध्यता छैंन । तर प्रचण्डलाई अहिलको उकुस,मुकुस र गुम्सावटबाट जनतालाई राजनीतिक नेतृत्व प्रति आशा देखाउने चुनौतिपूर्ण अवसर छ ।
अहिले प्रचण्डमा देखिएको गहिरो संकल्प र तीव्र इच्छा शतिmले सकारात्मक परिणाम देखाउन थालेको छ । विश्वासको मतको तयारी अन्य पार्टीसँगको छलफल,मन्त्रिमण्डलले पूर्णता पाइनसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डको अग्रसरता र पहलमा हातका औंला गने भन्दा बढि जनतालाई सुविधाको डेलिभरी दिनु सामान्य गतिको काम होइन । आफनो पार्टीको मात्र होइन सिङ्गो राष्ट्रको साखलाई माथि उठाउने जिम्मेवारी प्रचण्डको काँधमा आएको छ ।

समयले प्रचण्डलाई राजनीतिक नेता भन्दा धेरै माथि उठाउने जमर्को गरिरहेको छ । प्रचण्डलाई अब कुनै लाभ,हानीको हिसाव कितावमा फस्नुपर्ने छैन । बस गर्नु जनताको अवस्था बदल्ने विकासको क्रान्ति, समृद्धिको क्रान्ति मात्र ।यसमा अर्को चुनौती थपिएको छ कर्मचारीतन्त्र । अटेरी,ढिलासुस्ती, झन्झट यहि पारालाई बदलेर एउटा विधिमा प्रशासन चलाइएन भने फेरि पनि अवस्थाले पुरानै गोलचक्कर काटिरहने छ । त्यसैले सबैले सोचौं प्रधानमन्त्री प्रचण्डको काम गर्ने इच्छालाई सहयोग र हौसला प्रदान गरौं ।