इतिहासकै ठूलो अपरेसन ः विमानस्थलबाट एक क्विन्टल सुन बरामद

काठमाण्डौं, राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ । हङकङबाट आएको सुनसहित विभागको टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो ।
सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सूत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो ।
अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । दुबैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यो विभागको इतिहासकै ठूलो अपरेसन हो ।