शान्तिनगरमा सर्पको टोकाइबाट एक पुरुषको मृत्यु

शान्तिनगर ५ साउन । दाङमा सर्पको टोकाइबाट ५० वर्षिय पुरुषको मृत्यु भएको छ । आज दिउँसो करिब १ बजेको समयमा शान्तिनगर गाउँपालिका–३ बस्तीखोला निवासी ५० वर्षिय दलबहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।
घरको ढोकाबाट बाहिर निस्किने क्रममा सर्पले उनलाई टोकेको थियो । घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा करिब ३ बजेतिर मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । घर्ती घरमा एक्लै बस्दै आएका थिए । उनका छोराबुहारी वैदेशिक रोजगारको शिलशिलामा बाहिर बस्दै आएको प्रहरीले जनाएको छ ।