साउन २५,
२०८० श्रावण १९ गतेदेखि २१ गतेसम्म भारतको हैदरावादमा सम्पन्न सातौ दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै दाङ आई.टि.एफ. तेक्वान्दो संघका खेलाडीहरुले स्वर्ण, रजत र कास्यपदक जित्न सफल हुनु भएकोमा बधाई तथा सम्मान कार्यक्रम सम्पन भएको
छ ।
अखिल (क्रान्तिकारी) घोराही नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा १ स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल हुनु भएका भिमबहादुर थापा र सन्तोश बुढामगर, १ स्वर्ण र १ कास्य जित्न सफल सृष्टि योगी र १ कास्यपदक जित्न सफल अनिशा घिमिरेलाई सम्मान पत्र , खादा र अबीर लगाएर सम्मान गरेको हो ।
अखिल (क्रान्तिकारी) घोराही नगर समिती संयोजक विकास लम्सालको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र दाङ सचिब विश्वराज आचार्यको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य प्रतीक अधिकारी र अखिल (क्रान्तिकारी) दाङ संयोजक गिरबहादुर महराको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अखिल (क्रान्तिकारी) प्रदेश समिती सदस्य सुशीला घर्ती , राप्ती इन्जिनियर कलेज अध्यक्ष लोकेन्द्र डाँगी,महेन्द्र बहुमुखी क्याम्पस संयोजक प्रशान्त पोख्रेलको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन दाङ जिल्ला समिती सदस्य बिष्णु गोराथोकीले गर्नु भएको थियो ।