३ भाद्र दाङ, नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको वैठक बसी समाजवादी मोर्चाका कार्यक्रमहरुलार्इ प्रभावकारी रुपमा संन्चालन गर्न सम्पुर्ण पार्टी पङ्तिलार्इ परिचालन गर्ने निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको बैठकले नेपाली विशेषताको समाजवादको लागी विशेष अभियान संन्चालन गर्ने र समाजवादका पक्षधर सवै शक्ति सँग सहकार्य गर्ने गरी विद्यार्थी र युवाहरुलाई परिचालन गर्ने भएको छ । बैठकले मिसन आत्मानिर्भर उत्पादन अन्तर्गत रोपन गरिएका धानवाली लगायतका वालीहरुको विशेष हेरचाह गर्ने कार्ययोजना बनाएको छ ।