घाेराही, ५ भदाैं । नेकपा (माओवादी केन्द्र) ले तीन महिने अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय नेताहरूलाई वडा तथा पालिका तहमै खट्नुपर्ने निर्णय गरेकाे छ ।
जस अनुसार पार्टीका केन्द्रीय नेताहरू वडामै पुगेर पार्टी संगठनकाे काम गर्नुपर्ने छ । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई घाेराही ७ काे जिम्मेवारी दिइएकाे छ । त्यसैगरी घाेराही – १७ काे जिम्मेवारी सञ्चारमन्त्री एवम् स्थाायी समिति रेखा शर्मालाई दिइएको सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे ।
पालिकाकाे जिम्मेवारी लिने केन्द्रीय नेताहरूले पनि त्याे पालिका भित्रकाे कुनै निश्चित वडाकाे जिम्मेवारी लिनुपर्ने जिल्ला संयाेजक सुवास पुनले जानकारी दिनुभयाे ।
जिल्ला समितिकाे निर्णय अनुरूप पालिकामा खट्ने केन्द्रीय नेताहरू
घाेराही – गुणराज घर्ती
तुलसीपुर / बबई – तिलकराम शर्मा हिमाल
शान्तिनगर – धनबहादुर मास्की
दंगीशरण – पट्टु चाैधरी
लमही/ राजपुर – कृष्णी कुष्मा चाैधरी
गढवा/राप्ती – प्रदेश सचिव कृष्णकुमार अधिकारी
बंगलाचुली – तुलसीराम पुन
घाेराही उपमहानगरपालिका कमिटीले पालिका भित्रका केन्द्रीय नेताहरूकाे ताेकेकाे जिम्मेवारी
कृष्णबहादुर महरा – घाेराही ७
रेखा शर्मा – घाेराही १७
जयपुरी घर्ती – घाेराही १४
गुणराज घर्ती – घाेराही १३
सुष्मा शर्मा घिमिरे – घाेराही १५